दक्षिण कोरिया । अत्याधिक नेपाली कामदार रहेको दक्षिण पूर्वी बन्दरगाह शहर उल्सानमा ३३ तले विशाल भवनमा भीषण आगलागी भएको छ । आगलागीबाट ८८ जना मानिस घाइते भएको रिपोर्ट आएको छ । दक्षिण कोरियाको उल्सानस्थित यो भवनमा रहेको एक अपार्टमेण्टबाट आगलागी सुरु भएको बताइएको छ । अपार्टमेण्ट पूर्ण रुपमा नष्ट भएको छ ।

 

 

 

दक्षिण कोरियाको आन्तरिक र सुरक्षा मन्त्रालयका अनुसार घटनामा ८८ जना मानिस घाइते भएको खबर आएको छ । मृत्यु भएको पुष्टि अहिलेसम्म छैन । केही मिडियाहरुमा आगोले भवन पुरै हल्लिरहेको छ । आगोको मुस्लो आकाशमा तिव्र गतिमा बढिरहेको र कंक्रिडहरु सडकमा खसिरहेका दृष्य देखाइरहेका थिए

 

 

 

 

सयौँ मानिस क्षणभरमा निकालियो
यो गगनचुम्बी भवनमा जब आगलागी सुरु भयो । उद्धारकर्मीहरु सेकण्डभरमा नै आइपुगे । उनीहरुले सयौँ मानिसहरु मिनेटभरमा बाहिर निकाले । उनीहरु यति दक्ष र प्रविधिले सम्पन्न थिए की आगलागी केही मिनेटमा नै नियन्त्रणमा लिए । हेर्दा हेर्दै सबै ठिकठाक भयो । यतिसम्म की आगलागी सुरु भएपछि मानिसहरु आत्तिएर छत, छतमा भागिरहेका थिए । त्यहाँबाटपनि उद्धारकर्मीले उनीहरुलाई उद्धार गरे ।

 

 

 

आगो लाग्नुको कारण अझै खुलेको छैन । ३३ तले यो भवनको ८ र १२ तलाबाट आगो सुरु भएको बताइएको छ । यी दुई तला आगलागीले पूर्ण नष्ट भएको छ । तपाईलाई बनाउँकी यसरी आगलागी हुँदासमेत बाँकी तलाहरु सुरक्षित छन् । यो भवन निर्माण गर्दा नै यति बलियो बनाइएको दावी गरिएको छ की अहिलेसम्मका भूकम्प र आगलागीले क्षति गर्न नसक्ने बताइएको छ ।

 

 

 

सम्बन्धित खबरहरु