काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीले भारतमा दलित, मुस्लिम र आदिवासीलाई मानिसको दर्जा नदिएको बताउनुभएको छ । पछिल्लो समय बढ्दै गएको दु'ष्क'र्मका घटनालाई ध्यानमा राख्दै उहाँले यस्तो बताउनुभएको हो । केही साता पहिले भारतको उत्तर प्रदेश राज्यको हाथरसमा भएको समु'हमा भ'एको दु'ष्क'र्म प्र'करणमा एक युवतिले ज्यान गुमाउनुपरेको थियो ।

 

 

तर त्यहाँको प्रहरी र सरकार त्यो दु'ष्क'र्म नभई आपसी रि'सि'बी भएको भन्दै घटनालाई साम्य पार्ने पक्षमा देखिएको छ । तनाव तब भयो जब मध्यरातमा ति दलित युवतीको अन्तिम दाहासंस्कार प्रहरीको घेराभित्र बलपूर्वक गरियो । त्यसपछि त्यहाँ झन धेरै सन्देह उत्पन्न भएको हो ।

 

 

 

 

यो घटनालाई लिएर भारतमा मात्रै नभई विश्वभर भारत सरकारको तीब्र आलोचना भइरहेको छ । विशेष गरेर उत्तरप्रदेशको योगी सरकारको आलोचना तिव्र रुपमा भइरहेको छ । हाथरसपछि पनि राज्यमा त्यस्ता घटनाहरु लगातार बढिरहेका छन् । प्रतिपक्षले यस्ता घटनाहरु लिएर सरकारलाई घेरिरहेका छन् ।

 

 

 

यसै प्रसंगमा राहुल गान्धीले योगी सरकार राजमा दलित मुस्लिम र आदिवासीहरुलाई मानिसको दर्जा नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको हो ।

 

 

 

 

सम्बन्धित खबरहरु