काठमाडौं । भारतको राजस्थान राज्यमा भएको एक घटनाले सबैको होस उडाएको छ । त्यहाँ एक पुजारीको जुन तरिकाले ज्यान लिइयो त्यसले सिंगो भारतभर हलचल उत्पन्न गराएको छ । राज्यका मुख्यमन्त्री अशोक गहलोतले करौली जिल्लामा एक मन्दिर पुजारीको ज्यान लिएको घटनालाई अत्यन्त दुर्भाग्यपूर्ण रहेको बताएका छन् ।

https://twitter.com/ashokgehlot51/status/1314499048657821696

यस घटनामा संलग्न कसैलाई पनि बाँकी नराख्ने आश्वासन उनले दिएका छन् । केन्द्रीय मन्त्री प्रकाश जावडेकरले राहुल गान्धीलाई यस विषयमा प्रश्न गरेका छन् । जावडेकरले राजस्थानमा पुजारीको ज्यान लिएको लगायत घटनाहरुलाई हेरेर गहलोत सरकारबाट राजीनामाको माग गर्नुपर्ने बताएका छन् ।

हाथरसमा भएको घटनालाई लिएर कांग्रेसले लगातार उत्तर प्रदेश सरकारको राजीनामा माग गर्दै आएको छ । मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा कांग्रेसले माग गरिरहेको छ । यसको जवाफमा भारतीय जनता पार्टीका नेता एवं मन्त्री जावडेकरले राहुलमाथि खनिएका हुन् ।

 

शुक्रबार गेहलोतले सामाजिक सञ्जालमार्फत भने, ‘सपोत्रमा पुजारी बाबुलाल वैष्णवको ज्यान लिएको घटना अत्यन्त दुर्भाग्यपूर्ण र निन्दाजनक छ । सभ्य समाजमा यस्ता कार्यहरूको कुनै स्थान छैन । राज्य सरकार यस दुःखी समयमा शोकाकुल परिवारको साथ छ । घटनाको मुख्य आरोपी पक्राऊ गरी कारबाही चलिरहेको छ । यस घटनामा संलग्नहरुलाई बाँकी राख्दिनौँ ।’ जग्गाको विषयमा विवाद हुँदा पुजारीको ज्यान लिइएको बताइएको छ ।

सम्बन्धित खबरहरु