काठमाडौं । डरलाग्दो सडक दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन् । चण्डीगढदेखि माजरी जाने मुख्य सडकको मुल्लानपुर क्रिकेट रंगशाला नजिक आज बिहान रेन्ज रोभर कार र ट्रयाक्टर ट्राली एक आपसमा ठक्कर खाएका हुन् । ठक्करपछि, कार धेरै पल्ट पल्टियो र सडकमा ढल्यो । यस कारण, कारमा बसिरहेका दुई व्यक्ति नराम्ररी घाइते भएका हुन् ।

 

 

कार र ट्रयाक्टर ट्राली बीचको ठक्कर यति जोडदार थियो कि ट्रयाक्टरमा जडान ट्राली अलग भएर सडकमा पल्टियो । रेन्ज रोभर कार पनि धेरै पटक पल्टियो र सडकमा ढल्यो । कारको अगाडीको भाग नराम्ररी बिग्रिएको छ । कारमा रहेका घाइतेहरुलाई नजिकैको अस्पताल लगिएको जनाइएको छ । सेफ्टी ब्याग खुल्दा कार सवारलाई खास चोट नलागेको बताइएको छ ।

 

 

 

यस मुख्य सडकमा गाउँलेहरु बिहान उनीहरुको ट्रयाक्टर ट्राली लिई कृषि सम्बन्धी कार्यका लागि जाँदै थिए । जसका कारण दुर्घटना भयो । मुख्य सडकमा गाउँबाट आउँदै गरेको ट्र्याक्टर–ट्राली दुर्घटनाग्रस्त भएको हो । पञ्जाब क्रिकेट संघको नयाँ क्रिकेट रंगशाला यस राजमार्गमा निर्माण गरिएको छ । घटनाको बारेमा जानकारी पाए पछि प्रहरी घटनास्थलमा पुग्यो र कारवाही गर्यो ।

 

 

 

कसरी काम गर्छन् कारका सेफ्टी फिचरले ?
कारको स्टाइल र पावरको अतिरिक्त सेफ्टी फिचर्समा समेत विशेष ध्यान दिइन्छ । नयाँ प्रविधीसँगै विषेश खालका सेफ्टी फिचर्ससमेत भेटिन थालेका छन् । तपाईंले एबीएस, एयरब्याग वा सेन्ट्रल लकिङ सिस्टमजस्ता केही सेफ्टी फिचर्स बारेमा जानकारी राख्नु भएको होला । तर, त्यस्ता सेफ्टी फिचर्सले कसरी काम गर्छन् भन्ने पर्याप्त जानकारी नहुन सक्छ । यहाँ कारका सेफ्टीले कसरी काम गर्छन् भन्ने बारेमा चर्चा गरिएको छ ।

 

 

 

एन्टी लक ब्रेक सिस्टम
एबीएसले यो सुनिश्चित गर्छ की अचानक ब्रेक लगाउँदा गाडीको चक्का लक नहोस् । गाडीमा एबीएस हुँदा अचानक ब्रेक लगाउँदा अनियन्त्रीत हुँदैन र ड्राइभरले गाडीको सन्तुलन गुमाउँदैन । जसले दुर्घटनाको सम्भावना कम हुन्छ ।

 

 

एयरब्याग
दुर्घटनाको समयमा कार ठोक्किँदाको स्पिड अनुसार एयर ब्याग खुल्छ । ठोक्किँदा कारको एक्सिलेरोमिटर सर्किट एक्टिभ भएर इलेक्ट्रिक करेन्ट दिन्छ र अघि रहेको सेन्सले एयरब्यागलाई सिग्नल मिल्छ । त्यसको १ देखि २० सेकेन्डभित्र करिब ३२० किलोमिटरको गतिमा एयरब्याग फुल्छ । जब कार कुनै चिजसँग ठोक्किन्छ, एयरब्यागका कारण अगाडि बसेका मानिस ठोक्किनबाट जोगिन्छन् र चोट लाग्ने सम्भावना कम हुन्छ ।

 

 

रिभर्स पार्किङ सेन्सर्स
कार ब्याक गर्दा जब कुनै चिज नजिक आउँछ, तब गाडीको पछाडि रहेको यो सेन्सरले ड्राइभरलाई साउन्डका माध्यमबाट वार्न गर्छ । यसले कार ब्याक गर्दा ठोक्किने सम्भावना कम हुन्छ । रिवर्स पार्किङ सेन्सर गाडीको निकै महत्वपूर्ण फिचर्स हो ।

 

 

डे-नाइट मिरर
यो सुविधा र सुरक्षा दुवै हिसाबले निकै उपयोगी मानिन्छ । गाडीमा लगाइएको इन्टरनल रियर ध्यू मिरर पछाडिबाट आइरहेको गाडी हेर्न उपयोगी हुन्छ । तर केही ड्राइभर सधै हाई बीमको प्रयोग गर्छन् । जसले आरएमभीएममा चमक पैदा हुन्छ । यदि आइआरभीएममा डे–नाइट मिरर छ भने यसले चमकलाई एड्जस्ट गर्न सक्छ ।

 

 

हेड रिस्ट्रन्ट्स
हेड रिस्ट्रन्ट्सले दुर्घटनाको समयमा मद्दत गर्छ । यसका कारण ठक्करको समयमा गर्धन, काँधमा चोट कम हुने सम्भावना हुन्छ । यद्यपि सिटमा बस्दा यसको पोजिशनको हाइटको हिसाबले एड्जस्ट गरेर बस्नुपर्दछ । यसको हाइट कमसेकम आफ्नो आँखासम्म हुनुपर्छ ।

 

 

सेन्ट्रल लकिङ सिस्टम
यो फिचर्सको माध्यमबाट एक बटनका कारण कारको ढोका बन्द गर्न सकिन्छ । गाडी चलाइरहेको अवस्थामा यो फिचर्सका माध्यमले सजिलै सबै ढोका बन्द भएको सुनिश्चित गर्न सकिन्छ । सुरक्षा र सेफ्टीका लागि सेन्ट्रल लकिङ सिस्टम पनि निकै उपयोगी छ ।

 

 

फग ल्याम्प
दुर्घटनाबाट बच्न यो फिचर निकै महत्वपूर्ण हुन्छ, विषेशगरी जाडोयाममा । जाडो मौसममा फग ल्याम्प नहुँदा लाइट सन्तुलन मिल्दैन, जसका कारण दुर्घटनाको सम्भावना बढी हुन्छ । तर फग लाइटले सन्तुलित प्रकाश फाल्ने हुँदा सहजरुपमा बाटो देखिन्छ र दुर्घटनाको सम्भावना न्यून हुन्छ ।

 

 

 

सम्बन्धित खबरहरु