काठमाडौ । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ। साविक विजेता मुम्बईले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो। जितका लागि १ सय ६३ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो।

 

 

 

उसका क्विन्टन डी कक र सूर्यकुमार यादवले समान ५३/५३ रन बनाए। दिल्लीका कागिसो रबाडाले २ विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ४ विकेटको क्षति १ सय ६२ रन बनाएको थियो। दिल्लीका ओपनर शिखर धवन ५२ बलमा ६ चौका र १ छक्का सहित ६९ रनमा अविजित रहे ।

 

 

 

मुम्बईका लागि क्रुनाल पान्ड्याले २ विकेट लिए। जितसँगै मुम्बई ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीको पनि ७ खेलमा ५ मा जित र २ मा हार सहित १० अंकनै भएपनि नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। प्रतियोगिता अन्तरगत सोमबार रोयल च्यालेन्जरर्स बेग्लोर र कोलकाता नाइट राइडर्स भिड्नेछन्।

 

 

 

 

सम्बन्धित खबरहरु