काठमाडौं । एक हिन्दु मन्दिर भत्काइएको छ । पाकिस्तानको सिन्ध प्रान्तमा एक हिन्दु मन्दिर भत्काइएको छ । त्यहाँको स्थानीय प्रहरीले हिन्दू समुदायको मन्दिर भत्काइएको मुद्दा दर्ता गरेको छ । यस सम्बन्धमा एक सन्दिग्धलाई पक्राउ गरिएको छ ।

शनिबार बिहान सिन्धको बदिन जिल्लाको कदिय घनौर शहरमा मन्दिर भत्काइएको हो । कडियु घनौर शहरमा हिन्दु समुदायका कोल्ही, मेघवाड, गुवारीया र करिया समुदायका मानिस बस्छन् । उनीहरु सबैले राम पीर मन्दिरमा पूजा–अर्चना गर्छन् । स्थानीय प्राथमिक विद्यालयका शिक्षक मनु लन्जरले बीबीसीलाई बताए कि मन्दिर दानको पैसामा निर्माण गरिएको थियो ।

यसका लागि उनले फेसबुकमा पोस्ट गरेका थिए, त्यसपछि मानिसहरूले उनलाई आर्थिक सहयोग गरेर झन्डै डेढ बर्ष अघि निर्माण सम्पन्न गरिएको थियो । मन्दिरका मुख्य पुजारीले मनु लन्जरलाई फोन गरेर घटनाको बारेमा जानकारी दिएका थिए । त्यसपछि उनी आफ्ना साथीहरूसँग त्यहाँ गएर यो कुरा पुष्टि गरेका हुन् ।

उनीहरूले प्रहरी र स्थानीयको सहयोगमा एक सन्दिग्धलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । यस घटनाको एफआईआरमा वादी अशोक कुमारले उनीलगायत तीन जना उक्त मन्दिरको अभिभावक रहेको बताएका छन । अशोक कुमारले आफुहरू सबै शनिबार मन्दिरको चोकमा बसिरहेको बेला अचानक मोहम्मद इस्माईल शाईदी नाम गरेको व्यक्ति बिहान दश बजे आएको बताएका छन् । ति व्यक्ति पहिले पनि त्यहाँ आउँने गर्थे ।

केही समय पछि मन्दिरबाट ठूलो आवाज आयो तब पत्ता लाग्यो कि त्यसले मूर्तिलाई भत्काउँदै थियो । मन्दिरलाई उसले रडको सहयोगमा भत्काउँदै थिए त्यसपछि सबै चिच्याए, त्यसपछि ति व्यक्तिहरु त्यहाँबाट भागेको जनाइएको छ । अशोक कुमारका अनुसार मोहम्मद इस्माईल शायदीले धार्मिक मूर्तिलाई क्षति पुर्‍याएर समुदायलाई अपमान गरेका छन् ।

उनको विरुद्ध मुद्दा दर्ता हुनुपर्छ । कडियु घनोर प्रहरीले पाकिस्तान दण्ड विधानको धारा २९५ (ए) अन्तर्गत मुद्दा दर्ता गरी आरोपी मोहम्मद इस्माईल शाईदीलाई पक्राउ गरेको जनाएको छ । एसएचओ असगर साठेवले भने कि आरोपीले बयान परिवर्तन गरिरहेको छ तर उनको सम्बन्ध कुनै कट्टरपन्थी संगठनसँग छैन ।

उनलाई अदालतमा पेश गरी सोधपुछका लागि म्याद थप गरेर कारागारमा राखिएको छ । राम पीर पाँच सय वर्ष पहिले जोधपुरबाट १५० किलोमिटर टाढा राणो जय शहरमा जन्मेका थिए । त्यहाँ उनको चिहान पनि रहेको छ । उनका भक्तहरुमा सनातन धर्म, मेघवाड, कोल्ही, भिल सन्त, जोगी, बागदी, खत्री र लोहारका पिछडिएका समुदायहरु जो भारत र पाकिस्तानमा ठूलो संख्यामा रहेका छन् ।

सिन्धको हैदराबाद शहरबाट ३० किलोमिटर टाण्डवाल्या नामको एउटा ठाउँ छ जहाँ राम पीरको ठूलो मन्दिर रहेको छ । त्यहाँका एक धार्मिक नेता ईश्वरदास भन्छन् कि सय वर्ष पहिले खत्री समुदायका एक व्यक्ति बच्चा जन्माउने मनसायले राम पीरको चरणमा गएका थिए ।

त्यहाँ उनले त्यस्तो आवाज सुने जस्तो महसुस गरे जसले उनको शहर टण्डवालिया यारमा मन्दिर निर्माण गर्न उक्साए किनकि तीर्थयात्रीहरूलाई आउन गाह्रो भएको थियो । जनताको चाहना पनि त्यहाँ पूरा हुन्छ । खत्री समुदायका व्यक्ति जुत्ताको जोडी लिएर यहाँ आएर एउटा मन्दिर बनाएका हुन् ।

सम्बन्धित खबरहरु