काठमाडौं । कोरोना संकटको समयमा भाडा नदिएको भन्दै घरबेटीले घरबाट निकालेका घटनाहरु नेपालमा पनि नभएका होईनन् । तर भारत, उत्तर प्रदेशको हमीरपुर जिल्लामा मानवतालाई लज्जित पार्ने एउटा घटना भएको छ।

 

 

घरको भाडा तिर्न नसकेपछि एक घरधनीले केही महिलासँग मिलेर एक विधवालाई रूखमा बाँधेर अमानविय हर्कत गरेका छन् । यति मात्र होइन, विधवाको सबै सरसामान पनि घरबाट बाहिर फ्याकिएको छ । यस घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थलमा पुगेर महिलालाई उद्धार गर्न सफल भएको छ ।

 

 

प्रहरीका अनुसार आरोपितका विरुद्ध कारबाही सुरु गरिएको छ । हमीरपुरको जेल पोखरीमा बस्ने शोभा देवीको श्रीमान्को धेरै वर्ष अघि मृत्यु भयो । उनी भागीरथ प्रजापतिको घरमा भाँडामा बसिरहेकी थिइन् । एक श्रमिक शोभा देवी कोरोना युगमा काम नभएकोले धेरै महिनासम्म घरको भाडा तिर्न नसक्ने अवस्थामा थिइन् ।

 

 

भाडा नदिएको भन्दै रिसाएका घरधनीले केही महिलाहरूसँग मिलेर शोभा देवीलाई बलपूर्वक घरबाट बाहिर लगेर रूखमा बाँधिदिएका हुन् । शोभा देवीको सबै सामान घर बाहिर फ्याकिएको छ । घटना सम्बन्धमका आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु