कठमाडौं । त्रिभुवन विश्वविद्यालयले अत्यन्तै महत्वपूर्ण सुचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालयमा लामो समयदेखि रहेको आंशिक शिक्षकहरूको समस्यालाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्नका लागि विश्वविद्यालयले जारी गरेको अतिरिक्त कक्षा व्यवस्थापन निर्देशिका २०७७ का सम्बन्धमा आम शिक्षकहरुबाट केही सुझाव राखी विरोधका कार्यक्रम गरिरहेको प्रति विश्वविद्यालयको ध्यानाकर्षण भएको जनाएको छ ।

आंशिक शिक्षकहरुले राखेका विषयहरुमा वार्ता र छलफलको माध्यमबाट निकास निकाल्न सकिने विषयमा विश्वविद्यालय विश्वस्त रहेको पनि बताइएको छ । त्रिविले आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिएर वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न सम्बन्धित पक्षलाई अनुरोध पनि गरेको छ ।

सम्बन्धित खबरहरु