काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को एन्टिजिन टेष्टको अधिकतम शुल्क एक हजार मात्र तोकेको छ । राष्ट्रिय जनश्वास्थ्य प्रयोगशालाबाट मान्यता प्राप्त प्रयोगशालाहरुले मात्र यो टेष्ट गर्न पाउनेछन् र एफडीए र ईयूए मान्यता प्राप्त तथा स्वास्थ्य सेवा विभागले स्वीकृत गरेका किटहरु मात्र प्रयोग गर्नुपर्नेछ ।

 

 

यसरी टेष्ट गर्दा पोजेटिभ आएकाहरुको रिपोर्ट उपत्यकाको हकमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र बाहिर सम्बन्धित स्वास्थ्य कार्यालयलाई पनि जानकारी गराउनुर्नेछ ।

 

 

 

 

सम्बन्धित खबरहरु