काठमाडौं । विश्वभर चर्चित पोर्चुगल तथा युभेन्टसका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोलाई पनि कोरोना पोजेटिभ भएको छ । पोर्चुगलको फुटबल फेडेरेसनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार मंगलबार गरिएको परीक्षणमा उनीमा संक्रमण पोजिटिभ देखिएको हो ।

 

 

समाचार अनुसार उनलाई कुनै लक्षण देखिएको छैन । उनी ठीक छन् र आइसोलेसनमा छन् । पोर्चुगल टीमका अन्य सदस्यमा भने कोरोना नदेखिएको समाचारमा जनाइएको छ । संक्रमण देखिएका कारण ३५ वर्षीय स्ट्राइकरले बुधबार नेसन्स लिग खेलमा पोर्चुगलको स्विडेन विरुद्धको खेल खेल्न नपाउने भएका छन् ।

 

 

 

सम्बन्धित खबरहरु