काठमाडौं । चर्चित योगगुरु बाबा रामदेवको एक भिडियो लिक भएको छ । सोमबार भारतको मथुरास्थित महावन आश्रममा बाबाले जे गरे त्यो भिडियो क्षणभरमै भाइरल भयो । सो घटनाको भिडियो अहिले भारत र अन्य क्षेत्रमा समेत भाइरल हुँदैछ ।

 

 

 

https://twitter.com/WeUttarPradesh/status/1315989167340310529

 

भारतीय सञ्चारमाध्यमहरुका अनुसार महावनस्थित आश्रममा एउटा योग कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा बाबा रामदेव उपस्थित थिए । बाबा रामदेव निकै राम्रोसँग सजाइएको हात्तीको पिठ्युँमा चढेर योग गर्न थाले । योग गर्दागर्दै हात्ती उफ्रिन थाल्यो ।

 

 

हात्ती सुरुमै चल्मलाउँदा रामदेवले वास्ता गरेनन् । तर फेरि अर्को पटक भने हात्ती निकै झड्का दिने ढंगले उफ्रियो । हात्तीको पिठ्युमा ध्यानमग्न बाबा रामदेव एक्कासि हात्तीबाट तल खसे ।

 

 

रामदेव तल झर्ने वित्तिक्कै वरिपरि रहेका मानिसहरुले उनलाई उठाएको देखिन्छ । त्यसपछि रामदेव निकै आँतिएझै अगाडि दौडिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यस भन्दा पहिले उनी एकपटक साइलकलबाट पनि यसरी नै लडेको भिडियो बाहिर आएको थियो ।

 

 

 

सम्बन्धित खबरहरु