काठमाडौं । कोरोना सङ्क्रमण बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लावासीलाई यस वर्ष घरभित्रै बसेर दशैँ, तिहारलगायत चाडपर्व मनाउन आग्रह गरेको छ । प्रशासनले अनावश्यक हिँडडुल नगर्न, भेला जमघटका कार्यक्रममा सहभागी नहुन र स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न अनुरोध गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्वारा जारी सूचनामा जिल्लावासीलाई १४ बुँदे सुझाव दिइएको छ । जिल्लामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुई हजार ७६४ नाघेको सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९७ पुगेको भन्दै अत्यन्तै सावधानी अपनाउन अनुरोध गरिएको छ ।

धार्मिकस्थलमा धर्म परम्परालाई निरन्तरता दिई नित्य पूजाअर्चना मात्र गर्न, दशैँमा फूलपाती भित्र्याउने काम साङ्केतिकरूपमा गर्न, खेलकूदका कार्यक्रम, जात्रा, मेला तथा उत्सव नगर्न प्रशासनको आग्रह छ ।

सम्बन्धित खबरहरु