काठमाडौं । अन्तराष्ट्रिय स्तरमा नेपाललाई ठुलो सफलता मिलेको छ । नेपाल राष्ट्रसंघीय मानव अधिकार परिषद्को सदस्य राष्ट्रमा पुनः निर्वाचित भएको छ । १९३ देश सम्मिलित राष्ट्र संघको महासभाले नेपाललाई मानव अधिकार परिषद्मा तीन वर्षको कार्यकालका लागि निर्वाचित गरेको हो ।

 

 

तपाँईलाई जानकारी गराउ कि यो परिषद्मा नेपालको दोस्रो कार्यकाल हो । परिषद्मा कुनै एक राष्ट्र दुई पटक सम्म निवार्चित हुन सक्ने प्रावधान छ । परिषद्मा नेपाल संगै चीन, रुस, फ्रान्स, बेलायत, पाकिस्तान, क्यूबा लगायत ४७ देश निर्वाचित भएका छन् ।

 

 

भौगोलिक क्षेत्रको आधारमा हुने निर्वाचनमा नेपाल एसिया–प्रशान्त क्षेत्रबाट निर्वाचित भएको हो । चार सदस्य सिटका लागि पाँच सदस्य राष्ट्र बीच हिजो भएको मतदानमा नेपालले १५० मत प्राप्त गरेको थियो । पाकिस्तान १६९ मतसहित एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक भोट प्राप्त गर्ने देश भएको छ ।

 

 

 

सम्बन्धित खबरहरु