काठमाडौ । बिग बोस १४ मा सारा गुरपालले सबैको ध्यान खिचेकी थिइन् । अहिले उनले अभिनेत्री–गायिकाको परिचय बनाएकी छिन् । उनी एक लोकप्रिय प्रतियोगी हुन् । तर उनी सुरुमा नै विवादमा फसिन् । सारा गुरपाललाई विवादमा ल्याउने अरु कोहि नभएर कथित पूर्व पति तुषार कुमार नै हुन् ।

 

 

उनी सोशल मीडियामा आएर विवाह प्रमाणपत्र र तस्विर साझा गरिदिए । जब सारा गुरपाल घर बाहिर निस्किएको मौका छोपेर उनका कथित पतिले यस्तो हर्कत गरेका थिए । पछि उनले पूर्व पति र त्यसै कुराको आसपासको विवाद बारे अहिले सबैको मुख बन्द गरिदिएकी छिन् ।

 

 

मिडियामा सारा गुरपालले खुलासा गरिन् की त्यो तुषार कुमारसँग उनले एक अपमानजनक बिबाह गरेको स्वीकार गरेकी छिन् । त्यही कारण ४ बर्ष पहिले नै उनीहरु एक अर्का टाढा भएको उनले बताइन् ।

 

 

साराले भनिन् म बीग बोस २०१४ मा आउनुभन्दा अघि उनले कहिलैपनि आफ्नो बिबाहका बारेमा कहि बोलेनन् । तर अहिले चर्चामा आउँन मात्र यसो गरेको बताइन् । हामी अलग भएको चार बर्ष वितेर ५ बर्ष भइसकेको छ । त्यो सम्बन्ध समान थिएन । अपमानजनक सम्बन्ध भएकाले मैले विदा लिइसकेकी छु ।

 

 

उनले प्रश्न गरिन् अहिले श्रीमती दावी गर्ने त्यो पुरुष ५ बर्ष अघिसम्म कहाँ थियो । जब म चर्चामा आउन थाले अनि उसले त्यसको फाईदा उठाउन खोज्यो । संयुक्त राज्य अमेरिकामा बस्ने तुषार कुमारले एक साक्षात्कारमा दावी गरे कि ग्रीन कार्डका कारण साराले उ सँग बिबाह गरेकी थिइन् ।

 

 

जब ग्रीन कार्ड हात पर्यो त्यसपछि उसले मलाई छोडेर गइन् । यो कुरालाई साराले खण्डन गरेकी छिन् । त्यो व्यक्ति अब मेरो लागि सबैभन्दा कम महत्वको व्यक्ति हो । मेरा लागि हजार महत्वका विषयहरु छन् । अब म त्यो व्यक्तिले बोलेका विषयमा बोल्दै हिँड्दिन । मैले बी बोसको घरमा राम्रो गर्नुछ ।

 

 

 

सम्बन्धित खबरहरु