काठमाडौ । विश्वमा कोरोना महमारी सुरु भएसँगै अर्बपति बिल गेट्सको नाम पनि सधैं चर्चामा रहने गरेको छ । उनले दिने बयान र लेख्ने ब्लगले विश्वको ध्यान खिच्न सफल हुने गरेको छ । हालै उनले बिल गेट्स नोट्सको यस महामारीमा कीर्ति वर्णन नगरिएका ‘७ हिरोज’ मा एक नेपाली पर्न सफल भएकी छन् ।
बिल गेट्सको ब्लग गेट्स नोट्सले कोभिड–१९ का समयमा अप्ठ्यारोमा परेकाहरूको हेरचाह गर्ने अविश्वसनीय ७ व्यक्तिमा काभ्रेकी लक्ष्मी रायामाझीलाई समेटेको हो । उनी सुनौलो परिवार नेपाल–मेरी स्टोप्स् नेपालकी सेवा प्रदायक पनि हुन् । गेट्सले महामारीको भोगाइ निवारण गर्नका निम्ति लागि परेका संसारभरका असाधारण व्यक्तिहरूका बारे प्रकाश पारेका हुन् ।
यस महामारीले नेपालमा महिलाहरूलाई भौतिक सुख तथा प्रजनन् स्वास्थ्य सेवाहरू प्रदान गर्न एउटा नयाँ अवरोधको सिर्जना गर्दा थुप्रै महिलाहरू स्थानीय स्वास्थ्य सेवा संस्थाहरूमा सेवा लिन कोरोना संक्रमणका डरले नजाँदा लक्ष्मी यी चुनौतीहरू पार लगाउन र उनको सेवा आवश्यक भएका महिलाहरू समक्ष पुग्न प्रयत्नरत रहेको गेट्स नोट्समा उल्लेख छ ।
महामारीको अवधिमा धेरैजसो सरकारी स्वास्थ्यसेवा निकायहरू कोभिड वा आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्न केन्द्रीत भएपनि शारीरिक सुख तथा प्रजनन् स्वास्थ्य सेवाहरूलाई सधैं प्राथमिकताका रुपमा लिइएन । मेरी स्टोप्स् नेपालले विभिन्न समूहहरुसँगको संयोजनमा शारीरिक सुख तथा प्रजनन् स्वास्थ्यबारे सेवा दिएको थियो ।
रायामाझीले कठिन परिस्थितिमा पनि काम गरेको गेट्सद्वारा उल्लेख छ । नेपाल बाहेक अफगानस्तान, पाकिस्तान, भारत, दक्षिण अफ्रिका, जाम्बियालगायत देशका नागरिकहरुको नाम पनि आएको छ ।