काठमाडौं । हरेक नेपालीहरुको एक आम समस्या के पनि हुनसक्छ भने झिङ्गा कसरी धपाउने ? शहर बजारमा त विभिन्न खालका औषधिहरु पाउँन सम्भव हुन्छ जसले यस्तो खालको समस्याबाट छुटकारा दिलाउँछ । तर आज हामी औषधि छोडेर घरमै सहजै धपाउन सकिने जुक्तिकाबारेमा चर्चा गर्न गइरहेका छौँ ।

प्रायः पसल होटेलहरुमा झिङ्गा धपाउन प्राचीन औषधिका रूपमा पारदर्सी झोलामा पानी भरेर राखेको पाइन्छ । तर पानी भरिएको प्लास्टिकको झोला देखेर झिङ्गा कसरी भाग्छ भन्ने प्रश्न हुन् सक्छ । यसको उत्तर भने खासै जटिल छैन । पानी भरिएको प्लास्टिकको झोलाले प्रकाश परावर्तन गर्छ । झिङ्गालगायत अधिकांश किराफट्यांग्रा को आँखामा ८ हजारभन्दा बढी लेन्स हुन्छन् ।

यस्तो किसिमको आखाँलाई वैज्ञानिक भाषामा कम्पाउन्ड आँखा भनिन्छ । यसमा आँखामा दृश्य क्षमता त बढी हुँदैन तर चाल थाहा पाउने शक्ति भने अधिक हुन्छ त्यसैले झिङ्गालाई पछाडिबाट समात्न प्रयास गरेपनि समाउन गाह्रो हुन्छ । पानी भरिएको पारदर्सी झोलाले प्रकाश परावर्तन गर्छ यसै कारण चारैतिर खतरा सहज महसुस गरी झिङ्गा टाढै बस्ने गर्छ । यो जानकारीलाई सक्दो सेयर गरेर सबैसम्म पुर्याई झिङ्गाको समस्याबाट मुक्ति दिलाउन सहयोग पुर्याउनुहोला ।

यो सामान्य र अति सहज विधि हो । एउटा पारदर्शी प्लाष्टिकको झोला लिनुहोस् । त्यसलाई बाँधेर ढोका नजिकै राखिदिनुहोस् । यति भएपछि तपाईको वरिपरी कुनै झिङ्गा आउँदैनन् । आए भने कमेण्टमा भन्नुहोला । हामी त्यसको आलोचना खेप्न तयार छौ ।

सम्बन्धित खबरहरु