काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्मकै सर्वशक्तिशाली मन्त्रिपरिषद बनाएका छन् । अब आफ्नो मिसन र भीजन बोक्ने पार्टीका शीर्ष नेतालाई मुख्य जिम्मेवारीको भारी बोकाएर सरकारका लक्ष्य पुरा गर्ने योजनामा ओली छन् ।

 

 

यसैले आफ्नै किचेन क्याविनेटका विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी दिए । उनी निकट कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालयमा मन्त्री नियुक्त गरेर आफ्नो पटक बलियो बनाए । यति मात्र हैन । रक्षाको जिम्मेवारी आफैले हेर्नेगरी आफु निकट उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी दिए ।

 

 

केहीले पोखरेललाई जिम्मेवारी मुक्त गरियो भनेरपनि चर्चा गरे । तर पोखरेललाई आफुपछिको बरियतामा आफुले प्रयोग गर्ने अधिकार दिनेगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा ल्याएका छन् । प्रधानमन्त्रीले गर्ने काम नै पोखरेलले समेत गर्नेछन् ।

 

 

रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राख्नुको कारण त्यही हो उच्च स्रोतले बतायो । त्यस्तै विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई शहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएर शक्ति सन्तुलन गरेका छन् ।

 

 

यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिएका छन् । पार्वत गुरुङपनि ओलीका सच्चा पहरेदार हुन् । यसैले सरकारको प्रवक्ताको जिम्मेवारी दिन त्यहाँ लगिएको छ ।

 

 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको उल्लेख गरेको छ । योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । संविधानतः मन्त्रिपरिषद २५ सदस्यीय भन्दा बढी संख्याको बनाउन पाइने छैन ।

 

 

अब मन्त्री थप गर्नुपरेमा हाल रहेका मन्त्रिपरिषद सदस्यलाई हटाउनुपर्नेछ । भइरहेका केही मन्त्रीलाई हटाएर अब पार्टीका शीर्ष नेताको भागबण्डा मिलाउन ओली राजी छन् । पहिलो आफ्नो पक्षलाई समेटेर बलियो मन्त्रीपरिषद् बनाउँने पछि पार्टीका नेताहरुका गुनासा समेटेर मन्त्रीपरिषद् पुर्नगठन गर्ने कुरामा ओली अडिग छन् ।

 

 

 

सम्बन्धित खबरहरु