शनिबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले स्वान्सी सिटीको घरेलु मैदानमा ५–० गोल अन्तरले पराजित गर्दै म्यान्चेष्टर सिटीसँग पाँच अंकको अग्रता कायम गरेको गरेको छ । चेल्सीको २२ खेलबाट ५२ अंक भएको छ भने एक खेल कम खेलेको म्यान्चेष्टर सिटीले २१ खेलमा ४७ अंक बटुलेको छ ।

Costa

खेल सुरुवातको ४९ सेकेण्डमा ओस्कारको गोलमा चेल्सीले अग्रताले लियो । २० औँ मिनेटमा डियगो कोष्टाले अग्रता दोब्बर पारे । ३४ औँ मिनेटमा कोष्टाले दोस्रो गोल गर्दा चेल्सीले ३–० अग्रता लियो । त्यस लगत्तै ओस्कारले ३६ औँ मिनेटमा ओस्कारले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफको समाप्ति सम्ममा चेल्सी ४–० ले अघि रह्यो । ७५ औँ मिनेटमा विलियनको स्थानमा आएका आन्द्रे शुर्लेले ८० औँ मिनेटको गोलमा चेल्सीले स्वान्सी मािथ ५–० को सानदार जित निकाल्न सफल भयो ।

शनिबार राति नै भएको खेलमा लिभरपुल, क्रिष्टल प्यालेस, स्टोक सिटी, म्यान्चेष्टर युनाईटेड, टोटेनह्याम र साउथह्याम्प्टन र विजयी भए ।

सम्बन्धित खबरहरु