काठमाडौ । आज अचानक मन्त्रिपरिषद् पुनर्गठन भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विमति जनाएका छन् । उनको सहमति नहुँदा-नहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले पेलेरै नयाँ मन्त्रिपरिषद् बनाएको उच्च स्रोतले बतायो ।

 

 

पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डबीच लगातार छलफल थिए । ओलीले दिएका नामावलीमा प्रचण्डले विमति जनाएका थिए । तर ओलीले फेरीपनि पेलेरै मन्त्रिपरिषद् गठन गर्नुभयो । यो पार्टीका लागि राम्रो छैन एक नेताले बताए । बुधबार बिहान पनि ओली र प्रचण्डबीच अढाइ घण्टा लामो छलफल भएको थियो ।

 

 

 

तर, साँझ प्रचण्डको सहमतिबिनै मन्त्रिपरिषद पुनर्गठन सूचना राष्ट्रपति कार्यालयबाट जारी भयो । यो नाममा अझै छलफल गरौँ भन्दै निस्किएका प्रचण्डलाई एक्कासी सूचनाबाट नै जानकारी दिइयो ।

 

 

 

प्रचण्डनिकट स्रोतका अनुसार, दुई अध्यक्षबीचको भेटवार्ताका क्रममा मन्त्रिपरिषद् पुनर्गठनबारे सहमति जुटेको थिएन । तर, साँझ राष्ट्रपति कार्यालयबाटै नयाँ तीनजना मन्त्री नियुक्त गरिएको र दुईजनाको जिम्मेवारी हेरफेर गरिएको सूचना सार्वजनिक भयो । अहिले प्रचण्डको किचेन क्याविनेटमा यो विषयमा छलफल सुरु भएको छ । ओलीको यो पेलाईमा कसरी अघि बढ्ने भन्ने बारे उनी निकट नेताहरु छलफलमा जुटेको बुझिएको छ ।

 

 

 

‘मन्त्रिपरिषद् पुनर्गठन प्रधानमन्त्रीको क्षेत्राधिकार भए पनि अहिले जसरी गरिएको छ, यसमा प्रचण्ड सहमत हुनुहुन्न’, खुमलटार स्रोतले भन्यो । आजकै भेटमा पनि किस्तामा नभएर एकैपटक मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव थियो ।

 

 

तर ओलीले अहिले आफ्नो पक्षकालाई समेटेर काम गर्न सक्ने मन्त्रीपरिषद् बनाउँने पछि केहीलाई हटाउँदै नयाँ थप्नेमा ओली निर्णयमा पुगेको बुझिन्छ । यसमा नेकपा शीर्ष नेता माधबकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले असन्तुष्टि पोखिरहेका छन् ।

 

योपनि

https://www.janaboli.com/post/302284

 

 

https://www.janaboli.com/post/302293

 

 

सम्बन्धित खबरहरु