काठमाडौं । डन्डिफोर प्रायः जसो सबै मानिसमा आउँने गर्दछ । यो उमेर पुग्न लागेका युवा–युवतीलाई धेरै आउँछ । नेपाली उखान अनुसार डन्डिफोरलाई बैंसको संकेत पनि भनिन्छ । जब मानिस युवावस्थामा प्रवेश गर्छ तब उसको अनुहारमा डन्डिफोर आउने गर्छ ।

 

 

 

अनुहारमा नै डन्डिफोर आउने भएकोले युवा अथवा युवतिको अनुहारलाई बिगार्ने गर्छ । यसको उपचार समयमा नै गर्नुपर्छ । आज हामी यसको घरेलु उपचार र कारणबारे चर्चा गर्न गइरहेका छौँ । डन्डिफोर आउनुका मुख्य कारणहरु यस प्रकार रहेका छन् ।

 

 

 

 

  • युवावस्थामा हर्मोनको अधिकता ल्याउनु
  • पेट खराब हुनु रगतको खराबी हुनु
  • छालामा फोहोर भएका कारणले
  • मुखमा विभिन्न प्रकारका क्रिम लगाउनाले
  • भिटामिन ए को कमी
  • रसिलो पदार्थ धेरै खानाले
  • शारीरिक सुख को चाहना अति हुनु र हस्तक्रिया धेरै गर्नाले
  • वयश्क लेख साहित्यहरुको अध्ययन गर्नाले
  • वयश्क चलचित्रहरू हेर्नाले
  • युवतीहरुको मासिक धर्म गडबड हुनाले
  • पेय पदार्थ धेरै पिउनाले

 

 

 

डन्डिफोरको घरेलु उपचार कसरी गर्न सकिन्छ आउनुस् त्यसका बारेमा जानकारी लिउ

  • सुत्नु अगाडि तातोपानीले मुख धुने गर्नुपर्छ
  • अनुहारमा तातो पानीको बाफ लिने गर्नुपर्छ
  • बिहान सूर्योदय हुनु भन्दा पहिले नै घुम्न जाने गर्नु पर्छ
  • सुत्नुभन्दा अगाडि अनुहारमा जैतुनको तेल अथवा जाईफललाई दुध मा घोटेर लगाउने गर्नुपर्छ
  • बिहानको समयमा शौचालय जानुपर्छ
  • कपालमा बोरिक लोशन लगाएर पाकेको पोकामा वरिपरि विस्तारै पुछ्दै खिल निकाल्ने गर्नुपर्छ

 

 

डन्डिफोर सँग जोडिएको अत्यन्त महत्वपूर्ण जानकारी
डन्डिफोरलाई हातको औँलाले निचोर्ने काम गर्नुहुँदैन । यसले अनुहारलाई सधैंका लागि बिगार्न सक्छ ।

 

 

डन्डिफोर भएको बेलामा खानेकुरा के खानुपर्छ के खानु हुँदैन भन्ने छैन तर पनि चिल्लो पदार्थ धेरै मात्रामा नखाने व्यवहार राम्रो हुन्छ ।

 

 

रातिको समयमा ढिलासम्म बस्ने पनि गर्नुहुँदैन । यो एकपटक आउँदछ अनी आफै हराएर जान्छ । डन्डिफोरको लागि कुनै किसिमको औषधी प्रयोग गर्नु, जतिखेर पायो त्यतिखेर हातले चलाउने गर्नु हुँदैन ।

 

 

नपाकेको बिमिरालाई निचोर्ने गर्नुहुँदैन यसले गर्दा डन्डिफोर बिग्रिएर अनुहार सधैंका लागि बिगार्न सक्छ ।

 

 

माथि उल्लख भए अनुसार यदी तपाँईले डन्डिफोर बढ्ने कुराहरु गर्दै आउँनु भएको छ भने त्यसलाई रोक्ने वा कम गर्ने गर्नुपर्छ । यी सबै कार्य गर्दा डन्डिफोर आफैं ठीक हुन्छ । दिमागमा सधैं के कुरा ख्याल गर्नुहोला भने डन्डिफोर कुनै रोग होईन । यो सबैका लागि आवश्यक जानकारी आफुले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

 

 

 

सम्बन्धित खबरहरु