काठमाडौं । स्मरण शक्ति अथवा सम्झने शक्ति हामी सबैलाई आवश्यक पर्छ । परीक्षालाई मात्र ध्यानमा नराख्ने हो भने पनि हाम्रो जिवनमा यसको महत्व धेरै रहेको छ ।

हामीले विभिन्न इतिहासका घटना पढ्नुपर्छ, त्यसलाई अगाडिसम्म लैजानुपर्छ । हामीले भोगेका वा देखेका कुराहरु हामी सबैसँग साझा गर्छौ । यस्तो बेलामा यदी हामीले गलत जानकारी साझा गर्यौ भने त्यसले समस्या निम्त्याउन सक्छ ।

आज हामी हाम्रो स्मरण शक्तिलाई कसरी तेज बनाउन सकिन्छ भन्ने विषयमा चर्चा गर्न जाँदै छौं । स्मरण शक्ति भनेको मानिसले सम्झने शक्ति हो । आफूले देखेका भोगेका पढेका सबै कुराहरु सम्झना हुन्छ त्यसैले स्मरणशक्ति बढाउनुपर्दछ । स्मरणशक्ति बढाउने केही उपायहरु निम्नअनुसार रहेका छन् ।

  • सधैभरी बिहान–बेलुका खुला हावामा घुम्न जानु पर्छ
  • मन लाग्ने व्याम सधैभरी गरिरहनुपर्छ
  • भरपुर सुत्ने धेरै समयसम्म सुत्नु पर्दछ
  • याद गर्ने विषयको सुत्र बनाएर संक्षिप्त रूपमा पढ्ने गर्नुपर्छ
  • काममा एकोहोरो हुने वानी हटाउनुपर्छ
  • खुसी रहने नाचगान गर्ने पनि गर्नुपर्छ
  • हाम्रो दिमाग कस्तो बन्छ भन्ने कुरालाई हाम्रो आहाराले पनि विशेष भुमिका खेल्छ । त्यसकारण आउँनुहोस् स्मरण शक्ति बढाउने खानेकुराहरुको बारेमा जानकारी लिउःपात भएको तरकारी सलाद, अण्डा, लसुन, माछा, दूध, दही, दाल, बन्दाकोभी, फुलकोभी, सुप, सक्खर, तील र पालुंगोको साग खानु पर्छ
  • फलफूलमा जामुन, स्टावेरी, नरिवल, लिची, आप, स्याउ, सुन्तला, टमाटर, गाँजर खानुपर्छ
  • राति भिजाएको ६ वटा बदाम बिहान मिश्री सँग पिसेर बराबर मात्रामा मख्खन मिलाएर हरेक दिन बिहान खाने गर्नुपर्छ
  • सधैभरी बिहान एक कप दुध पिउनुपर्छ
  • बिहान–बेलुका खानामा अमला खाने गर्नुपर्छ
  • खाना खाइसकेपछि सख्खर र तीलबाट बनेको लड्डु चपाई राख्नुपर्छ
  • मखन, मिश्री र ५ वटा मरीच मिलाएर बिहान बेलुका खाने गर्नुपर्छ
  • पिस्ता, काजु र गहुँको बोटको रस खाने गर्नुपर्छ
  • स्मरणशक्ति बारे सबैले जानैपर्ने अर्को महत्वपूर्ण कुराः
  • मापसे, लापसे, धुम्रपान जन्य बस्तु खानुहुँदैन
  • मुसुरो र मासको दाल खानु हुँदैन
  • एक पटकमा धेरै खानेकुरा खानुहुँदैन
  • धेरै मात्रामा शारीरिकसखुबाट निस्किने पदार्थ ननिकाल्ने
  • रातको समयमा धेरैबेरसम्म बसेर पढ्ने बानी बसाल्नु हुँदैन
  • अनावश्यक दुषित विचार अथवा घटनालाई समयभरि याद नराख्ने यस्ता कुराहरुलाई समयमानै बिर्सने गर्नुपर्छ

सम्बन्धित खबरहरु