काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया ट्रम्प र उनका १४ वर्षीय छोरा ब्यारन ट्रम्प पनि कोरोनामा संक्रमित भएका छन् । उनले पहिलोपटक गरेको कोरोना परीक्षण रिर्पोट सकरात्मक आएको थियो तर त्यसपछिको परिक्षणमा, ब्यारनको रिपोर्ट नकारात्मक आयो ।

 

 

मेलानिया ट्रम्पले बुधबार बताइन् कि १ अक्टूबरमा उनी र उनका श्रीमान राष्ट्रपति ट्रम्प कोरोना संक्रमित रहेको पाएपछि उनको छोराको बारेमा चिन्ता हुन थाल्यो, पछि उनको परीक्षण गरियो । उनका अनुसार छोरा ब्यारनको पहिलो कोरोना रिपोर्ट सकरात्मक आएपनि दोस्रो पटक गरिएको परीक्षण भने नकरात्मक आएको थियो ।

 

 

ब्यारोन कोरोना संक्रमित भएको पत्ता लागेपछि सामाजिक सञ्जालमा भावनात्मक पोष्ट लेख्दै मेलानिया ट्रम्पले भनेकी छिन, ‘ब्यारोनलाई फेरि कोरोनाको लागि जाँच गर्दा मेरो डर सत्य साबित भयो, जसमा उनी सकारात्मक पाइए ।’

 

 

आफ्नो पोस्टमा उनले थप्दै लेखेकी छिन, ‘ब्यारोनले कोरोनाको कुनै लक्षण देखाइरहेको छैन हामी खुसी थियौं, किनकि हामी सबैले एक अर्काको हेरचाह गर्न सक्थ्यौं, हामीले एक अर्कासँग धेरै समय बितायौं, त्यसपछि छोराको रिपोर्ट नकरात्मक आयो ।’

 

 

 

सम्बन्धित खबरहरु