काठमाडौ । बलिउड हस्ति अभिनेता सञ्जय दत्त मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका छन् । उनी हिँजो साँझ ४ बजे भर्ना भएको पारिवारीक स्रोतले जनाएको छ । सञ्जय दत्तलाई एक्कासी सास फेर्न गाह्रो भएपछि उनी अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना हुनासाथ उनको कोरोना भाइरस (कोभिड–१९) को परीक्षणका लागि स्वाव संकलन गरिएको छ । रिपोर्ट आइसकेको छैन । लीलावती अस्पतालका चीफ अपरेटिंग अफिसर डा. वी. रविशंकरका अनुसार सञ्जय दत्त अस्पताल भर्ना हुने समय अक्सिनको लेवल एकदमै तलमाथी थियो ।

अहिले त्यो केही ठिकमा आएको छ । डा. रविशंकरका अनुसार सञ्जय दत्त अझैपनि गैर कोभिड वार्डमा नै छन् । रिपोर्ट आएपछि मात्र उनको हालत किन बिग्रियो भन्ने थाहा हुनेछ । तपाईलाई बताउँ सञ्जय दत्त क्यान्सरकार अन्तिम चरणमा छन् । उपचार अब सम्भव छैन भन्ने पत्ता लागेपछि उनी आरामको जिन्दगी बिताइरहेका छन् ।

सम्बन्धित खबरहरु