काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) लाई लिएर अर्को नयाँ खुलासा भएको छ । पैसा, सिसा र स्टिलको सतहमा यो भाइरस २८ दिनसम्म बाँच्न सक्ने एक अध्ययनले देखाएको छ । अष्ट्रेलियाली शोधकर्ताले बताएअनुसार कोरोना भाइरस फ्लु भाइरसको तुलनामा निकै लामो समयसम्म बाँच्न सक्ने देखिएको हो । त्यसैले कोरोनाबाट बच्न बारम्बार हात धुने र सरसफाइमा ध्यान दिनुपर्ने शोधकर्ताहरुको निष्कर्ष छ ।

 

 

अष्ट्रेलियाका नेशनल साइन्स एजेन्सीका शोधकर्ताहरुले यो अध्ययन गरेका हुन् । यद्यपि यो अध्ययन अँध्यारो र स्थिर तापक्रममा गरिएको थियो । यद्यपि पछिल्लो एक अध्ययनले भने सूर्यको प्रत्यक्ष किरणले पनि कोरोना भाइरस मर्न सक्ने देखाएको छ ।

 

 

यो अध्ययनअनुसार २० डिग्री सेल्सियरको स्थिर तापक्रममा बैंक नोट वा मोबाइलको स्क्रिनमा कोरोना भाइरस २८ दिनसम्म जीवित रहन सक्ने पाइएको हो । इन्फ्लुएन्जाको भाइरस बढीमा १७ दिनसम्म सतहमा जीवित रहन सक्छ ।

 

 

 

यसअघि प्रयोगशालामा गरिएको अध्ययनमा भने बैंकनोट र सिसामा कोरोना भाइरस दुई वा तीनदिनसम्म मात्र जीवित रहन सक्ने पाइएको थियो । प्लास्टिक र स्टिलमा भने यो भाइरस ६ दिनसम्म जीवित रहन सक्ने पाइएको थियो ।

 

 

अहिले गरिएको अध्ययनमा कम तापक्रममा लामो समयसम्म यो भाइरस जीवित रहन सक्ने पाइएको छ । २०, ३० र ४० डिग्री सेल्सियस तापक्रममा गरिएको अध्ययनमा ४० डिग्री सेल्सियस तापक्रममा कोरोना भाइरस छिटो मरेका थिए । जसको कारण गर्मी मौसमको तुलनामा जाडोमा कोरोना संक्रमण फैलिने जोखिम बढी रहेको अनुसन्धानकर्ताहरुको भनाइ छ । स्रोत : रोयटर्स

 

 

 

सम्बन्धित खबरहरु