काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य सुधारोन्मुख रहेको छ । रक्तचाप बढेका कारण धुम्रबहारीस्थित ह्याम्स अस्पतालमा उपचारारत रहनुभएका उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज साँझसम्म नेता खनाललाई अस्पतालले डिस्चार्ज गर्नेछ । “उहाँको स्वास्थ्यमा क्रमिक सुधार आएको छ, अहिले आफैँ हिँड्ने, बोल्ने गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “चिकित्सकका अनुसार उहाँको रक्तचाप पनि सामान्य रहेको छ ।” उहाँको रक्तचाप बढेपछि बुधबार अपराह्न ४ः०० बजे उपचारका लागि अस्पताल लगिएको थियो ।

सम्बन्धित खबरहरु