काठमाडौ । छिमेकी राष्ट्र भारतमा अनलक ५ को केही प्रावधानहरु आज (विहीबार) बाट लागू भएको छ । करिब आठ महिना ठप्प भएको सिनेमा घर, मल्टिप्लेक्स, स्वीमिङ पूल तथा मनोरञ्जन पार्कहरु आजबाट खुलेका छन् । सरकारको यो निर्णयले दुनियाँ चकित बनेका छन् । जहाँ सिनेमा घर र मल्टिप्लेक्सका लागि भारतका सूचना तथा प्रसारण मन्त्रालयले विस्तृत गाइडलाइन जारी गरिसकेको छ ।

 

 

 

 

 

उक्त गाइडलाइनले कोरोना संक्रमण फैलाउनबाट रोक्ने आशा गरिएको छ । केन्द्रले जारी गरेको नयाँ गाइडलाइन अनुसार सिनेमा हलमा एक पछि अर्को सिट खाली नै राख्नुपर्नेछ । हलको पूरा क्षमताको ५० प्रतिशत मात्रै दर्शकहरु भित्र छिर्न पाउनेछन् । हलभित्र प्रवेश गर्ने जोकोहीले पनि अनिवार्य मास्क लगाउनुपर्नेछ ।

 

 

 

हल भित्रबाटै पनि भ्यान्टिलेशनको उचित व्यवस्था गर्नुपर्ने छ । त्यस्तै, एसीको तापमान २३ डिग्री भन्दा माथि राख्नुपर्नेछ । त्यस्तै, दर्शकहरु बस्न नहुने सिटमा क्रस मार्क लगाउनुपर्नेछ । त्यस्तै, फिल्म हेर्ने क्रममा कुनै पनि खानेकुरा खान र पिउन प्रतिबन्ध लगाइएको छ । आजबाट भारतको १० राज्य र ४ केन्द्र शासित प्रदेशहरुमा सिल्भर स्क्रिन सूचारु हुदैछन् । पीटीआईका अनुसार आज (विहीबार) मात्रै ४८७ स्क्रिन्समा फिल्म देखाइदैछ ।

 

 

 

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि लकडाउन तथा अनलकका कारण करीब ८ महिनादेखि बन्द फिल्म हलहरु सञ्चालनमा आएपछि बलिउडकर्मीहरु निकै उत्साहित बनेका छन् ।

 

 

 

सम्बन्धित खबरहरु