काठमाडौ । कागती स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । हाम्रो शरीरका लागि कागती पानी निकै उपयोगी मानिन्छ । हरेक विहान कागती पानी पिउनाले तपाईको पाचन तन्त्र स्वस्थ रहन्छ र पेट सम्बन्धी विभिन्न समस्याहरुबाट बच्न सकिन्छ । यतिमात्र हैन । इम्युनिटी पावर बढाउन यो अति नै आवश्यक छ ।

अहिले कोरोना भाइरस (कोभिड–१९) को असर छ । यो इम्युनिटी पावर कम भएको अवस्थामा नै असरदार ठहर छ । यसैले इम्युनिटी पावर बढाएर बस्नुभयो भने कोरोनाबाट बच्न सकिन्छ । यसका लागि कागती पानी लिनुहोस् ।

कागती भिटामिन बी र सी, क्याल्सियम, म्याग्नेसियम, कार्बोहाइड्रेटलगायत औषधीय गुणबाट भरिपूर्ण हुन्छ । जसले तपाईको अपच, पटे सम्बन्धी गडबडी, डायविटिज र लिभरलगायतका समस्याहरुबाट छुटकारा दिलाउन निकै फाइदाजनक मानिन्छ ।

हरेक विहान कागती पानी पिउनुका यस्ता छन् फाइदाहरु ः

इम्युनिटी पावर बढाउन

कागतीमा प्रसस्त मात्रामा भिटामिन सी पाइन्छ । यसले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ । हरेक विहान खाली पेटमा कागती पानी पिउनाले रोग प्रतिरोधात्मक क्षमता बढाउन सकिन्छ । कागती पानीलाई सजिलो र किफायती इम्युनिटी बुस्टर ड्रिंक पनि मानिन्छ ।

पाचनतन्त्रलाई फिट राख्छ

कागतीमा हाइड्रोक्लोरिक नामक एसिड पाइन्छ, जसको कारण तपाईको पाचनतत्तलाई फिट राख्न मद्दत गर्छ । यसका साथै एसीडीटी र गठियाको खतरालाई पनि कम गर्न मद्दत गर्छ । पाचन सम्बन्धी समस्या, जलन र ग्यास सम्बन्धी समस्या भएकाहरुले दैनिक विहान कागती पानी पिउनु निकै फाइदाजनक छ । यसमा भएको भिटामिन सीले शरीरमा अल्स बन्नबाट बचाउछ ।

वजन कम गर्न

कागती पानीले वजन कम गर्न निकै सहयोग गर्छ । कागती पानीमा पाइने पेक्टिन फाइवरले भोक लाग्नबाट बचाँछ । जसको कारण मानिसले विभिन्न वजन बढ्ने खालको खानेकुराहरु खादैनन् । सोही कारण वजन कम हुन्छ । त्यस्तै, कागती पानीले शरीरबाछ विषालु तत्व बाहिर निकालेर वजन कम गर्न सहयोग गर्छ ।

डायबीटीजमा लाभकारी

कागती पानी हाई ब्लड सुगरवाला ड्रिंक र जुसको उत्कृष्ट विकल्प मानिन्छ । डायबीटीजबाट ग्रसितहरुका लागि यो निकै उपयोगी मानिन्छ ।

सम्बन्धित खबरहरु