काठमाडौं । ख्यातिप्राप्त सेलीब्रेटी, महिला कलाकार लगायतका बारेमा वयस्क, अपाच्य सन्देश पठाउने, प्रतिक्रिया जनाउने, फोटोको स्वरुप बिगार्ने व्यक्ति उपर मुद्दा दायर गरिएको छ । प्रहरीले आज एक विज्ञप्ति जारी गरेर यस बारेमा जानकारी दिएको हो । पक्राउ पर्ने व्यक्ति अछामको ढकारी गाउँपालिका ५ चैनपुरका किरण बुढा रहेका छन् ।

File Photo

उनले नायिकाहरुको बदनाम गर्ने क्रियाकलाप गर्दै आएका थिए । प्रहरीको साइबर ब्युरोका अनुसार उनले विविध असान्दर्भिक र समाजमा अपाच्य स्टाट्सहरु लेख्नुको साथै फोटो एडिट गरी ट्रोल बनाई पोष्ट गर्दै आएका थिए । उनले ढकारी गाउँपालिकाको नाममा विभिन्न फेसबुक पेज बनाई उक्त गाउँपालिकाकै अपमान गरेको समेत उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ ।

सम्बन्धित खबरहरु