काठमाडौं । गण्डकी प्रदेशमा ५२ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको संख्या पाँच हजार ३५६ जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा।विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

थपिनेमा सबै नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का छन् । उनीहरूको क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको हो । सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको र सङ्क्रमितको आइसोलेसनको व्यवस्थापन गर्ने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबरहरु