काठमाडौ । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र सङ्कायले आफ्नो सङ्काय अन्तरगत हाललाई कोरोना भाइरसको महामारीका कारण रोकिएका कक्षा अनलाइनबाट सञ्चालन गर्न क्याम्पसहरुलाई निर्देशन जारी गरेको छ । आज सूचना प्रकाशन गर्दै यस्तो निर्देशन दिएको हो ।

सूचनामा भनिएको छ महामारीका कारण अनलाइन माध्यमबाट सञ्चालित बीसीए कार्यक्रम अन्र्तगतका दोस्रो, चौथा तथा छैठौँ समेष्टरका प्रयोगात्मक कक्षाहरुको सञ्चालनको सन्दर्भमा भौतिक रुपमा उपस्थित हुन नसकि अनलाइन माध्यमबाट कम्प्यूटर बाहेक अन्य कुनै भौतिक सामाग्रि आवश्यक नपर्ने सम्पूर्ण प्रयोगात्मक विषयका सैद्धान्तिक कक्षाका साथै प्रयोगात्मक कक्षाहरु समेत नियमित रुपमा अनलाइनबाट सञ्चालन गर्न गराउन सम्बन्धित सम्पूर्ण क्याम्पसहरुलाई अनुरोध गर्दछु भनिएको छ । थप जानकारी सूचनाबाट लिनुहोस् ।

सम्बन्धित खबरहरु