एजेन्सी । इनिडयन प्रिमियर लिग (आईपीएल)को १३ औं सिजनको ३१ औं खेल किंग्स इलेभेन पञ्जाव (केएक्सआईपी)ले जितेको छ । विहीबार राति पञ्जावको टिमले शारजाहमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी)लाई ८ विकेटले पराजित गरेको हो ।

किंग्स इलेभेन पञ्जावले निर्धारित २० ओभरमा १७७÷२ रन बनाएर जितको लक्ष्य हाँसिल गरेको हो । पञ्जावले लगातार ५ पटक हार व्यहोरेपछि जित निकालेको हो । अन्तिम बलमा जितको लागि एक रन चाहिएको थियो ।

यस्तो लागेको थियो कि उक्त म्याच सुपर ओभरमा जान्छ तर, निकोलस पुरनले धमाकेदार छक्काले सजिल्यै जित दिलायो । दुई शानदार पार्टनरशीप गर्ने केएल राहुल म्यान अफ द क्याच बने । केएल राहुलको कप्तानीमा पञ्जावको यो दोस्रो जित हो, भने आठौं म्याच थियो ।

१७२ रनको लक्ष्यलाई पछ्याएको पञ्जाव टिमको मयंक अग्रवाल र केएल राहुलको सलामी जोडीले उत्कृष्ट सुरुवात गरेका थिए । जहाँ उनीहरुले ७८ रन जोडे । मयंकले ४५ रन बनाए ।

युजवेन्द्र चहलले एक विकेट लिए । त्यसपछि राहुल (नटआउट ६१), क्रिस गेल (५३)ले ९३ रन जोडे । गेल अन्तिम ओभरको पाँचौं बलमा रन आउट भए । त्यस्तै, अन्तिम बलमा निकोलस पूरनले छक्का लगाएर म्याच जिताए ।

सम्बन्धित खबरहरु