काठमाडौं । सामान्यतयाः सुन्दरी प्रतियोगिता अविवाहित महिलाको हुने गर्दछ । तर अब विवाहित महिलाको सौन्दर्य निखार्दै उनीहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले सौन्दर्य प्रतियोगिता सुरु हुने भएको छ । ई–प्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को तयारी सुरु भएको जनाएको छ ।

आयोजनक ई–प्लानेट प्रालिले बुधबार विज्ञाप्ति जारी गर्दै प्रतियोगिताका लागि आवेदन खुला भएको जानकारी दिएको हो । ग्रिन आर्टस् नेपालको संयोजन रहने प्रतियोगितामा यो वर्ष कोरोना भाइरस (कोभिड–१९) को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुवै माध्यमबाट आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त व्यक्तिबाट आन्तरिक छनोटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स–२०१९’ अनिला श्रेष्ठलगायत विभिन्न व्यक्तिबाट प्रशिक्षण प्रदान गरिने जनाइएको छ। २१ देखि ५५ वर्ष उमेरबीचका विवाहित नेपाली महिलाले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

प्रतियोगिताको शीर्ष उपाधि विजेताले विभिन्न उपहारका साथै सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्छन । यसअघि अनिला श्रेष्ठ, मनीषा डंगोल, पद्मिनी झा, रजनी थापा र मीना घिमिरेले ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गरेका छन् ।

सम्बन्धित खबरहरु