काठमाडौ । मानवता रित्तिएका विभिन्न घटना त बाहिर आएका नै हुन् । तर यतिहदसम्म होला भनेर चै कोहीपनि विश्वास गर्न सकिन्न । कोरोना भाइरस (कोभिड –१९) को महामारी दौरानमा पछिल्लो ७ महिनादेखि आफ्नो जीवन नै जोखिममा राखेर अरु मानिसको सहयोगमा एक व्यक्ति जुट्छन् । भारतको दिल्‍ली स्थित सीलमपुर इलाकामा काम गरिरहेका दर्जनौ एम्बुलेन्स ड्राइभरले एकसाथ जागिर छोडे ।

 

 

बाँचिएछ भने अरु काम गरौँला । एम्बुलेन्स चलाउँदिन भन्दै सबैले जागिर छोडेपछि अस्पताल देखि संघ–संस्थाका नाममा रहेका एम्बुलेन्स समेत थन्किए । त्यही बेला हज्जारौँ कोरोना संक्रमित बिरामी हुन थाले । यो इलाकामा हाहाकार भयो । हजार भन्दा बढी मानिस त यहाँ नै मृत्यु भयो । यस्तो घडीमा साथ दिन आरिफ खानले हिम्मत गरे । उनले दिनमा नै सयौँ संक्रमितलाई उपचारका लागि अस्पताल पुर्याए ।

 

 

 

आफन्त, इष्टमित्र, बाबु, आमा, छोरा छोरी समेत टाढा भएकालाई साथ सहयोग गरे । अझ भाइरसबाट मृत्यु भएपछि आफन्त, इष्टमित्र, बाबु, आमा, छोरा छोरीले हेर्न समेत आउन नमिलिरहेको बेला आफै ट्रलीबाट लाश एम्बुलेन्समा चढाए । आफै संस्कार गर्ने ठाउँसम्म पुर्याए । त्यहाँ डोजरले ठाउँ बनाउँथ्यो । आरिफ आफैले अन्तिम संस्कार गर्थे । अन्तिम संस्कारको समयमा उनी लाशलाई सल्यूट गर्दथे । त्यो तस्विर बाहिर आउँन थालेपछि भारतभरी कोरोना भाइरसबाट बिदा भएकालाई अन्तिम विदाईमा सल्यूट गर्न थालियो । त्यो सिको नेपालमापनि गरिएको छ ।

 

 

तर सबैका लागि दुखको क्षण सबैका लागि वरदान, जीवनदानी, स्वर्गको बाटो देखाउँने उनै आरिफ खानपनि कोरोना भाइरसबाट पोजेटिभ भए । उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गयो । उनलाई हिंदूराव अस्पतालमा भर्ना गरियो । अनेकौँ प्रयास गर्दासम्म उनलाई बचाउन सकिएन । उनको मृत्यु भयो ।

 

 

उनी संक्रमित भएर अस्पताल भर्ना भएपछि त्यो इलाकामा एम्बुलेन्स चलाउने व्यक्ति खोज्न निक्कै सकस पर्यो । बाहिरबाट ल्याइएकाले त्यति योगदान दिन सकेनन् । मृत्युपछि उनै आरिफको लाश भने एक दिनसम्मपनि उठेन । अन्तिम संस्कारका लागि सहयोगी र एम्बुलेन्स चालक नै भएनन् । यो खबर आएपछि सरकारले नै तदारुकता देखायो । र एम्बुलेन्स चालक प्रवन्ध गरेर आरिफको अन्तिम संस्कार गरियो ।

 

 

आरिफको निधनमा उपराष्ट्रपति एम वेंकैया नायडूले शोक व्यक्त गरेका छन् । उनले लेखेका छन् । आरिफ खान पछिल्लो २५ सालदेखि शहीद भगत सिंह सेवा दलसँग जोडिएका थिए । उनले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्नका लागि निःशुल्कमा एम्बुलेन्स चलाइरहेका थिए ।

 

 

२१ मार्च देखि आरिफ खान कोरोनाका संक्रमितलाई घरबाट अस्पताल तथा आइसोलेशन सेन्टरसम्म लैजाने काम गर्दथे । शहीद भगत सिंह सेवा दलका संस्थापक जितेन्द्र सिंह शंटीले आरिफ संक्रमित भएको र इलाकाको एकमात्र भरोसा टुटेको खबर गरेका थिए । उनको स्वास्थ्य खराब हुँदै गयो । जति कोसिस गरेपनि बचाउन सकिएन ।

 

 

उनी मुस्लिम भएरपनि १०० भन्दापनि धेरै हिन्दुहरुको आफ्नै हातबाट अन्तिम संस्कार गरे । उपराष्ट्रपतिका यी शब्दपछि भने अहिले सिंगो भारत आरिफको प्रसंशा गरिरहेको छ । सल्यूटका शब्द लेख्दै सामाग्री सेयर गरिरहेको छ ।

 

 

 

अझ सबैको ह्दय रसाउने कुरा त के छ भने जब आरिफको निधन भयो । उनको साथमा परिवारका कोहीपनि सदस्य थिएनन् । परिवारका सदस्यले धेरै टाढाबाट केही सेकेण्डका लागि हेरे । उनको अन्तिम संस्कार उही शहीद भगत सिंह सेवा दलका अध्यक्ष जितेंद्र सिंह शंटीले आफ्नो हातले नै गरे । तर अन्तिम संस्कारका लागि लैजान एम्बुलेन्स मिलाउन उनलाई निक्कै हैरान भएको थियो ।

 

 

 

अन्तिम संस्कारमा सहभागी शंटीले स्मरण गरे आरिफ चौबिसै घण्टा कोरोना संक्रमितका लागि उपलब्ध थिए । भर्खरै मात्र सुतेका छन् भनेपनि फोन आउँनासाथ दौडिन्थे । कयौँ कोरोना संक्रमितलाई गाह्रो भएको खबर राति २ बजे आउँदापनि घरबाट अस्पताल पुर्याएर सयौँलाई बचाएका छन् । राति संक्रमितको मृत्यु भयो अस्पतालले खबर गर्नासाथ उनी अस्पताल पुग्थे र अन्तिम संस्कार गरेर फर्किन्थे ।

 

 

शहीद भगत सिंह सेवा दलका संस्थापकले बताए । कुनै कोरोना संक्रमितको मृत्युपछि उनीहरुको घरमा गरिने संस्कार गर्नपनि पैसा हुँदैन थियो । आरिफ आफ्नो खर्च कटाएर उनीहरुलाई सहयोग दिन्थे । उनको ३ अक्टूबरदेखि स्वास्थ्यमा समस्या आउँन थालेको थियो । सायद त्यही नै कोरोनाको लक्षण रहेछ ।

 

 

उनलाई निक्कै नै ज्वरो आएको थियो । सास फेर्न गाह्रो भएको छ भन्दै थिए । त्यो बेलापनि उनी संक्रमित बोकि नै रहेका थिए । जब अत्याधिक गाह्रो नै भयो । अक्सिजन नपुगेर होस गुमाउन पुगे । अनिमात्र अस्पताल बसेर उपचार गर्न थाले । आरिफको हालत खराब भएपछि कोरोना टेस्ट गरियो । त्यो बेला रिपोर्ट पोजेटिभ आयो ।

 

 

दुखद कुरा त यो छ जुन दिन आरिफ अस्पताल भर्ना भए त्यही दिन नै उनको निधन भयो । सायद अलिक पहिले नै अस्पताल भर्ना भएका थिए भने बचाउन पो सकिन्थ्यो की अहिले शहीद भगत सिंह सेवा दलले गुनासो गरिरहेको छ । परिवारमा अब कमाउने उनी मात्र थिए । समाज सेवा स्वरुप खट्दा शहीद भगत सिंह सेवा दलबाट केही रकम मिल्थ्यो । त्यही रकमले परिवार पालेका थिए । तर अब त्योपनि टुट्यो ।

 

 

यसैले शहीद भगत सिंह सेवा दलका जितेंद्र सिंह शंटीले आरिफलाई असली कोरोना सेनानी घोषणा गरेर सरकारले परिवारलाई एक करोड रुपैयाँको आर्थिक सहायता माग गरेका छन् । सरकार सकारात्मक छ तर निर्णय भएको छैन । आरिफलाई हाम्रो तर्फबाट स–सम्मान हार्दिक श्रद्धाञ्जली

 

 

 

सम्बन्धित खबरहरु