१ कात्तिक (रासस÷एएनआई) ः फिलिपिन्समा शनिबार बिहानै भूकम्प गएको छ । देशको अक्सीडेन्टल मिन्डोरो प्रान्तमा ५.४ म्याग्नच्युडको भूकम्प गएको हो । फिलिपिन्सको भूगर्भसम्वन्धी कार्यालयले स्थानीय समयानुसार बिहान ४.५ मा भूकम्प गएको जनाएको छ । लुक टाउनदेखि २१ किलोमिटर दक्षिणपूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको धक्का धेरै मानव बस्तीहरुमा महसूस गरिएको स्थानीय वासिन्दाले जानकारी दिएका छन् । भूकम्पपछि त्यस क्षेत्रका वासिन्दा त्रासित भएर घर बाहिर निस्कीएका थिए । भूकम्पपछि कुनै मानवीय तथा भौतिक क्षतिको विवरणहरु भने प्राप्त भइनसकेको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार धेरै पराकम्पनको संभावना रहेपनि आँधीको चेतावनी भने दिइएको छैन ।

सम्बन्धित खबरहरु