काठमाडौं । ठुलो मात्रामा सुन बरामद गरिएको छ । पर्साको वीरगन्ज महानगरपालिका–५ बाट करिब २३ किलो सुन र २ किलोभन्दा बढी चाँदी बरामद भएको छ ।

वीरगन्ज महानगरपालिका–५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टको ३०३ नम्बरको फ्ल्याटबाट २२ किलो ५ सय ७६ ग्रामबराबरको सुनका तीनवटा बिस्कुट, ६ सय ८१ ग्राम बराबरको सुनका विभिन्न गरगहना र २ किलो २ सय ६२ ग्राम बराबरको चाँदीका विभिन्न भाँडावर्तन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी मनोजित कुँवरले दिनुभयो ।

उक्त अपार्टमेन्टका सुरक्षा गार्डका अनुसार त्यो फ्ल्याट बिहारको पूर्वी चम्पारन हरैया निवासी अशोक सिन्हाको भएको प्रारम्भिक जानकारी प्राप्त भएको पनि डीएसपी कुँवरले बताउनुभयो । उक्त सुन कसको हो र कहाँ लगिँदै थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

सम्बन्धित खबरहरु