काठमाडौं । दसैंका यात्रु सवार गाडी दुर्घटनामा परेको छ । उदयपुरको सिद्धिचरण राजमार्गको कटारी–घुर्मी सडकअन्तर्गत कटारी नगरपालिका वडा नम्बर १४ भदौरे भिरमा शनिबार राति स्करपियो जिप खस्दा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा तीन जना गम्भीर घाइते छन् ।

 

 

 

भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१ नम्बरको स्करपियो दुर्घटनाग्रस्त भएको हो । मृत्यु हुनेमा ओखलढुंगा मानेभन्ज्याङ वडा नम्बर ९ का ३० वर्षीय रामबहादुर सार्की र २६ वर्षीय कर्मी सार्कीको मात्र पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुने अन्यमा अन्दाजी ३०–३५ वर्षका दुई जना पुरुष र एक महिला रहेका छन् । उनीहरू सबैको घटनास्थलमै ज्यान गएको हो ।

 

 

 

दुर्घटनामा ओखलढुंगाको मानेभञ्याङ वडा नम्बर ९ की २८ वर्षीया कुमारी सार्की, २२ वर्षीया कल्पना सार्की र चालक रूपन्देहीको त्रिगम्बा नगरपालिका वडा नम्बर ४ का २८ वर्षीय पनव खड्का गम्भीर घाइते भएका छन् ।

 

 

 

उनीहरूलाई थप उपचारका लागि विराटनगर पठाइएको छ । प्रहरीका अनुसार उनीहरू सबै जना भारतको लद्दाखबाट दसैं मान्न आउने क्रममा भैरहवा क्वारेन्टाइनमा बसी गाडी रिजर्भ गरेर घर फर्कंदै थिए । प्रारम्भिक जानकारी अनुसार ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको अनुमान गरिएको छ । गाडी सडकबाट करिब एक किलोमिटर तल खसेको प्रहरीले जनाएको छ ।

 

 

 

सम्बन्धित खबरहरु