काठमाडौ । दुई दिनयता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल छ। भारतीय मोटिभेसनल स्पिकर मानसी अग्रवालले पोस्ट गरेको यो भिडिओ नेपालका बारेमा छ।

 

 

मानसीले उक्त भिडियोमा नेपाल घुम्नै नहुने ७ कारण उल्लेख गरेकी छन्। आफ्नो पोस्टमा उनले आफू लामो समयदेखि नेपालै बसेको र यहीँ काम गर्ने जानकारी दिएकी छन्।

 

 

 

उनले लेखेकी छन्, मलाई थाहा छ मैले नेपाल घुम्न बोलाउँदा–बोलाउँदा वाक्क भइसकेका मेरा साथीहरू मेरो कुरा सुनेर छक्क पर्नुहुनेछ। म आज नेपाल घुम्न आउनै नहुने ७ कारण यहाँहरूसँग बाँड्दै छु।

 

 

 

उनले आफ्नो भिडियो अन्तिमसम्म हेर्न पनि भनेकी छन्। किनकी यो भिडियो उनले जसरी सुरू गरेकी छन्, त्यसले धेरैलाई अचम्म गराउँछ। यसको पूरा कुरा बुझ्न पूरा भिडिओ नै हेर्नुपर्नेछ।

 

 

 

 

मानसी धेरै अवार्ड पाउने मोटिभेसनल स्पीकर हुन् जो टेड–एक्स लगायत कार्यक्रमकी वक्ता पनि हुन्। मानसीको नेपाल प्रचार गर्ने यो अनौठो तरिका धेरैले मनपराएका छन्।

 

 

उनले नेपाल विश्वकै लोभलाग्दो छ । यो लोभलाग्दो मन पर्दैन भने चै नेपाल भ्रमण नगर्नु भनेकी छिन् । यो भिडियो केही दिनमा नै उनको फेसबुकमा यो समाचार तयार गर्दासम्म ३१ हजार भन्दा बढीले लाईक गरेका छन् । २ हजार कमेण्ट छ ८ हजार ३ सय भन्दा बढी सेयर छ ।

 

 

https://www.facebook.com/dtmmannsi/videos/623273015035610/?__xts__[0]=68.ARCtdG9Tz5HFstV5X8JCRFEeaoEVrdKXMHwcuZ80r7KHg-Mflq5JNATDTJ3k4dT1M7ApYsEo93aj7I-fL2XIUKmOryohRhZUOpObGFbN23bYr5Z81DgEQ4IaGQcTJDscrAMuZpgA5TPVXx6u_WPCXcFfLGc9GWSmSuFmJuliNDb27F81CmVL_MAXuxXKqvtHVZ8gXyTvimU9uVbiEYOXtzvETibZUHpinyprY3zAtlOsnlUKVR56ztm4_6BBYnWJ279dWlZ1E4c4LkgAHnHe3rsOWFV1YyhxwUpcfzcEDtmRHhkWCgCncGCHQ4mAvcLQKMfAR0VQPTW3aJNqXzXYeGo0KNz6I8k9K5zYGQ&__tn__=-R

सम्बन्धित खबरहरु