काठमाडौ । नेपालमा कोरोना संक्रमणबाट पहिलो पटक नर्सको मृत्यु भएको छ । वीर अस्पतालमा लामो समय काम गरेर केही वर्षअगाडी अवकाश पाउनु भएकी विद्या जोशीको शुक्रबार पाटन अस्पतालमा मृत्यु भएको नेपाल नर्सिङ संघकी कोषध्यक्ष तथा प्रवक्ता कल्पना श्रेष्ठले जानकारी दिनुभयो ।

 

 

 

 

श्रेष्ठका अनुसार ७० वर्षीय जोशी नर्सिङ संघको आजीवन सदस्य हुनुहुन्थ्यो । कोरोना संक्रमण देखिएर उहाँ पाटन अस्पतालमा उपचाररत हुनुहुन्थ्यो ।

 

 

 

सम्बन्धित खबरहरु