काठमाडौ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रौतहट ईशनाथ नगरपालिका वडा नं. ७ स्थित सडक खण्डमा सवारी साधन तथा पैदल यात्रीहरु चेकजाँच गर्ने क्रममा १० लाख नगदसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नं. ७ का २० वर्षीय दिपक पटेल रहेका छन् । भारततर्फबाट नेपालको जयनगर गाउँतर्फ आउँदै गरेको ना ५३ प ६२८४ नं. को मोटरसाइकलमा सवार पटेलले उक्त रकम हेलमेटभित्र लुकाएर ल्याएको पाइएको हो ।

प्रहरीका अनुसार पटेलको साथबाट एक हजारको नोट ८ सयवटा र ५ सय रुपैयाँको नोट ४ सयवटा गरि दश लाख रुपैयाँ भेटिएको हो । प्रहरीले थप अनुसन्धानका लागी मोटरसाइकलसहित पटेललाई नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबरहरु