काठमाडौं । तपाईंले बाँदरको हातमा नरिवल सुन्नु भएको छ ? तर कोरोना कालको समयमा नरिवल नभएर बाँदरको नजरमा एक अनलाइन कक्षा आएको छ । कोरोना भाइरस (कोभिड–१९) सुरु भएसँगै अनलाइन कक्षाको प्रचलन धेरै नै बढेको छ ।

तर के तपाईंले कहिल्यै लंगुरहरूले पनि अनलाइन कक्षा लिएको देख्नु भएको छ ? सामाजिक सञ्जालमा भाइरल एक तस्विर हेरेर तपाईं हाँसो नियन्त्रण गर्न सक्नुहुन्न, जब तपाईं लंगुरहरूले पनि अनलाइन कक्षामा सहभागि भएको देख्नुहुन्छ ।

अहिले भाइरल बनेको यस तस्विरमा एक बालिका आराम संग बसेर अनलाइन कक्षा लिदैँछिन् । मोबाइलको अगाडि बसिरहेकी उनले आफ्नो विद्यालयको पोशाक मात्रै होईन्, आईडी कार्ड पनि लगाएकी छिन् ।

ति बालिकाको ठिक पछाडि केही लंगुरहरू पनि कक्षामा भाग लिइरहेको जस्तो देखिन्छ । उनीहरु मोबाइललाई चाखलाग्दो तरिकाले हेरिरहेका छन् । उक्त तस्विरमा बालिकाको ध्यान पूर्ण रूपमा उसको अध्ययनमा केन्द्रित छ । उही समयमा, पछाडि झ्यालमा बसेका लंगुरहरू अनलाइन कक्षाको बारेमा धेरै गम्भीर देखिएका छन् ।

बालिकासँगै सबैजना शिक्षकको लेक्चर सुन्न व्यस्त छन् । अब तपाईंलाई पनि थाहा छैन कि यी लंगुरहरूले यस अनलाइन कक्षाबाट के सिके होलान् । तर उनीहरुको यो हर्कले तपाँईको अनुहारमा मुस्कान पक्कै ल्याए भन्ने हामीलाई विश्वास लागेको छ । यो तस्वीर नीलेश ट्रावेदी पीडब्ल्यूले आफ्नो ट्विटर ह्यान्डलमा अक्टुबर १२ मा साझा गरेका हुन् ।

फोटोको साथ उनले क्याप्शनमा लेखे, ‘कस्तो महान तस्विर’ यो तस्विरलाई ट्वीटरमा व्यक्ति धेरै मन पराउँदैछन् । धेरै प्रयोगकर्ताहरू पछाडि बसेका लंगुरहरूको खिल्ली उडाउँदै रमाईलो टिप्पणीहरू गरिरहेका छन् ।

यो तस्विर हेरेर, केहि मानिसहरू लंगुरलाई ब्याकबेन्चरहरूसँग तुलना गरिरहेका छन् । ब्याकबेन्चर जो कक्षाको पछाडि बस्छन् । जानकारी अनुसार यो तस्विर बंगलादेशको भएको बताइएको छ ।

सम्बन्धित खबरहरु