जगत नेपाल / सन् १९३० को दशकदेखि प्रसारण शुरु भएको टेलिभिजनलाई प्रभावका हिसाबले अहिलेसम्म पनि सबैभन्दा सशक्त सञ्चार माध्यम मानिन्छ । आठ दशकमा टेलिभिजनले गुणस्तर र प्रविधिमा धेरै फडको मारिसकेको छ । नयाँ मिडिया सशक्त रुपमा आएपनि टेलिभिजनको महत्व उत्तिकै छ । नयाँ प्रविधि अंगाल्दै टेलिभिजन प्रतिष्पर्धामा खरो रुपमा उत्रिएको छ । नेपालको सन्दर्भमा पनि टेलिभिजनको क्षेत्रमा धेरै परिवर्तन भएको छ । यस लेखमा विश्वमा टेलिभिजनको विकासलाई संक्षिप्त रुपमा उल्लेख गरिएको छ भने नेपालमा टेलिभिजनको अवधारणा, शुरुवात, विकास तथा विस्तार, विभिन्न कालखण्डमा सरकारी तथा निजी क्षेत्रका टेलिभिजनले निर्वाह गरेको भूमिका, उचारचढव, त्यसमा देखा परेका चूनौतीबारे विस्तृत रुपमा चर्चा गरिएको छ । टेलिभिजनको संख्या वृद्धिसँगै गुणस्तर पनि बढेको निष्कर्ष लेखमा छ । र, समस्या तथा चूनौत पनि धेरै नै छन् भन्ने देखाइएको छ ।

विश्वमा टेलिभिजन  : सन् १९३६ नोभेम्बर २ देखि बीबीसीले नियमित प्रशारण ग¥यो । सन् १९३६ मै अमेरिकामा नेसनल ब्रोडकास्ट टेलिभिजनको स्थापना भयो । तर, सन् १९३९ देखि सन् १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धले टेलिभिजनको विकास र विस्तार अवरुद्ध हुन पुग्यो । सन् १९४८ देखि अमेरिकामा पुनः नयाँ टेलिभिजन खोल्नका लागि अनुमति दिन थालियो । (यसलाई क्रस चेक गर्नुपर्ला) सन् १९५४ देखि रङ्गीन टेलिभिजन आएको हा । सन् १९७० को दशकसम्म आइपुग्दा विश्वका ६० मुलुकका झण्डै एक अर्व जनतासम्म टेलिभिजनको पहुँच पुगेको थियो । सन् १९७२ मा अमेरिकाले चन्द्रमामा अन्तरिक्ष यान अवतरण गराएको घटनालाई टेलिभिजनमार्फत प्रत्यक्ष प्रशारण गरिएपछि संसारभर टेलिभिजनको लोकप्रियता झनै बढेर गयो । श्रव्यदृष्यका साथ सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेकै कारण छोटो समयमै टेलिभिजन सबैभन्दा प्रभावकारी माध्यमका रुपमा स्थापित भएको हो ।

छिमेकी मुलुक भारतमा सन् १९५९ मा टेलिभिजन स्थापना भयो । नेपालमा सन् १९७० को दशकमा टेलिभिजन सेटहरु भित्रिएको पाइन्छ । तर त्यस बखत धनी वर्गको पहुँच मात्र थियो, टेलिभिजनमा । सन् ८० को दशकसम्म आइपुग्दा दुरदर्शन च्यानलले फड्को मार्दै रंगिन टेलिभिजनमा परिणत भयो, जसको कारण थियो सन् १९८२ (बि.सं. २०३८) को दक्षिण एसियाली खेलकुद प्रतियोगिता । त्यही दक्षिण एसियाली खेलकुद हेर्नका लागि नेपालमा समेत उच्च घरानीया व्यक्तिले टेलिभिजन सेट भित्राए  । र, नेपालमा टेलिभिजनको लोकप्रियता बढदै गयो । सन् १९६० को दशकमा स्याटलाइटको आविष्कार भयो । बीबीसीले सन् १९९१ देखि विश्वव्यापीरूपमा आफ्नो प्रसारण विस्तार ग¥या । विदेशी च्यानलमा नेपाली दर्शकको पहुच बढ्दै जाँदा मुलुकको संस्कृतिलाई अतिक्रमण गर्न सक्छ भनेर नै नेपालमा टेलिभिजन स्थापनाका लागि पहल थालिएको हो ।

नेपालमा टेलिभिजन स्थापना अघिको बहस  : २०३० सालको दशकमा काठमाण्डौ लगायत मुलुकका प्रमुख शहरी क्षेत्रमा भिडियो हेर्नका लागि टेलिभिजनको प्रयोग भइसकेको थियो । पाँच सय रुपैयाँमा डेक, टेलिभिजन सेट र भिएचएस् क्यासेटमा तीनवटा फिल्म एक एक रातका लागि भाडामा दिने व्यवसाय फोटो कन्सर्नले शुरु गरेको हो । त्यस बेला एउटा क्यासेटको सय रुपैयाँ भाडा र धरौटी बापत एक हजार रुपैयाँ बुझाएपछि यो सेवा दिने गरिएको थियो । सिंगापुर र बैककबाट एउटा टेलिभिजन र भीसीआर नेपालसम्म ल्याइपु¥याउन झण्डै एक लाख रुपैयाँ खर्च गर्नुपर्दथ्यो । (उप्रेती, २०६९, पेज २०)

प्रतिव्यक्ति पाँचदेखि १५ रुपैयाँ लिएर राजधानीका विभिन्न स्थानमा भिडियो देखाउने क्रम वृद्धि भएसँगै काठमाण्डौंका सर्वसाधारणले टेलिभिजनसँग नजिकिने अवसर पाएका हुन् । २०३८ सालमा तत्कालीन राजा वीरेन्द्र विरविक्रिम शाहदेवले राष्ट्रिय पञ्चायतको अधिवेशनमा सरकारकोट नीति तथा कार्यक्रम प्रस्तुत गर्दा नेपालमा टेलिभिजनको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएसँगै नेपालमा टेलिभिजनको आवश्यकतामाथि बहस प्रारम्भ भएको हो । अधिवेशनमा छलफलका क्रममा धादिङ जिल्लाबाट सदस्य भएका हरिबहादुर थापाले भनेका थिए– ‘कति पानी, कति पिठो र कति नुन हाल्यो भने पौष्टिक आहार बन्छ भन्ने सामान्य जानकारी नभएका जनताका लागि टेलिभिजन प्रसारण महंगो हुन्छ । देशले धान्न सक्दैन ।’ त्यसैगरी बझाङ जिल्लाबाट सदस्य भएका प्रकाशबहादुर सिंहले भनेका थिए– ‘तीन चार घण्टा उकालो हिडेर पानी बोक्नु पर्ने पहाडी भेगका जनतालाई टेलिभिजन भन्दा धारा, बाटो, नहर जस्ता विकासका पूर्वाधार बनाउनुपर्छ, । खोटाङका परशुराम राईको भनाइ थियो– ‘टेलिभिजनले मानिसलाई नाच्ने गाउने मात्र बनाउँछ । र, बिलासीतातिर बढी उन्मुख गराउँछ ।’ त्यति बेलासम्म राष्ट्रिय पञ्चायतका झण्डै ७५ प्रतिशत सदस्यले नै टेलिभिजन सेट देखेका थिएनन् । केही हुने खाने सम्पन्न परिवारसँग टेलिभिजनको पहँुच भएको त्यो समयमा टेलिभिजन विलासिताको साधन हो  । र, त्यसले समाजमा बिकृति फैलाउछ भन्ने मान्यता अधिकांश राष्ट्रिय पञ्चायत सदस्यको थियो । (सिंह, २०६५, पेज ९२)

नेपालको आर्थिक अवस्था र विकासको अवस्थाका कारण अधिकांशमा टेलिभिजन नेपालले धान्न सक्दैन भन्ने मान्यता व्याप्त थियो । त्रिचन्द्र क्याम्पस र पद्मकन्या महाविद्यालयका वरिष्ठ प्रध्यापक समेत भन्ने गर्थे—‘नेपाल जस्तो दरिद्र मुलुकमा टेलिभिजन देखाउने समय भैसकेको छैन । यहाँका मानिसलाई दुई छाक टार्न मुस्किल छ । नचाहिँदा मनोरञ्जनका साधन ल्याएर अझ हरि तन्नाम तुल्याउनु प¥यो ।’ (गौतम, २०६१, पेज ३२ )

त्यस समयमा नेपालमा १५ प्रतिशत जनतामा मात्र विद्युत सुविधा थियो भने रंगिन टेलिभिजन किन्न सरकारी अधिकृ२तले चालिस महिनाको तलव खर्च गर्नु पथ्र्यो । (उप्रेती, २०६९, पेज ३३) नेपाल टेलिभिजन प्रशारण टेलिभिजन स्थापना हुनुअघि भिडियो देखाउनका लागि मुलुकभर ४०० को हाराहारीमा टेलिभिजन सेट भएको अनुमान छ । ती टेलिभिजन सेटमा धेरैजसो भिडियो देखाइन्थ्यो भने कहिलेकाहीं भारतीय च्यानल दुरदर्शन हेर्न प्रयोग हुने गर्दथ्यो ।

बेलायतमा पढेर फर्किएका राजा बीरेन्द्र विरविक्रम शाहदेव नेपाल टेलिभिजन स्थापना गर्न निक्कै उत्सुक भए पनि दरवारीया र तत्कालीन पञ्चहरु नेपालले टेलिभिजन जस्तो महंगो बिलासी सञ्चार माध्यम धान्न सक्दैन भन्ने ठान्दथे । टेलिभिजन स्थापनको बहस चलिरहेका बेला फ्रान्सको साफ्राटोभ कम्पनीले नेपालमा टेलिभिजन स्थापनाको सम्भाव्यता अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझायो । तर त्यो प्रतिवेदन कार्यान्वयन भएन । सरकारी दराजमा थन्काएर राखियो । अमेरिकी टेलिभिजन विज्ञ तिमोथी ब्रेवेरको टोलीले समेत २०४० सालमा टेलिभिजनको सम्भाव्यता अध्ययन गरेको थियो । त्यसै बेला जापानी टेलिभिजन एनएचकेले पनि नेपालमा टेलिभिजनको सम्भावनाबारे अध्ययन ग¥यो । जापानीहरु नेपालमा शैक्षिक च्यानल चलाउन उपयुक्त हुन्छ भन्ने पक्षमा थिए (शर्मा, २०६५, पेज ४९) । नेपाली मात्र होइन, विदेशीहरु समेत २०३० को दशकसम्म नेपालमा टेलिजिनको सम्भावना छ भनेर पत्याउदैनथे । गोरखापत्रका फोटो पत्रकार गोपाल चित्रकारसँग एक जना विदेशी पत्रकारले भनेका थिए– ¬‘तिम्रो देशमा टेलिभिजन स्थापना गर्ने बेला भएको छैन’ (गौतम, २०६१ः पेज ३३ )

नेपाल टेलिभिजनको स्थापना : विश्वमा टेलिभिजन शुरु भएको ५ दशक र स्याटलाईटबाट प्रसारण भएको २४ वर्षपछि नेपालमा टेलिभिजन स्थापनको बहस प्रारम्भ भयो । त्यति बेलासम्म नेपालमा पनि सिमिति हुने खानेहरुका घरमा टेलिभिजन सेट थिए । भारतीय टेलिभिजन च्यानल दुरदर्शनबाट हिन्दी कार्यक्रमसम्म नेपाली दर्शकहरुको पहुँच थियो । नेपालको आफ्नै च्यानल नहँुदा नेपाली भाषा, संस्कृति र परम्परामाथि विदेशी अतिक्रमण सम्भावना थियो । विदेशी टेलिभिजनहरुले नेपालको संस्कृतिमा पार्न सक्ने अतिक्रमण रोक्ने उद्देश्यका साथ २०४१ साल माघ १७ गते नेपाल टेलिभिजन परियोजना सुरु भयो । परियोजनाको उद्देश्य थियो–‘राष्ट्रिय एकता, अखण्डता र सास्कृतिक सम्पदाको संरक्षणसम्वन्धी कार्यक्रम बनाउने र प्रशारण गर्ने ।’ चरम गरिबी र भौगोलिक विकटता भएको नेपाल जस्तो मुलुकले  टेलिभिजन जस्तो विलासी सञ्चार माध्यम धान्न सक्दैन भन्नेहरुको नीति निर्माण तहमा वाहुल्यता थियो । त्यसैले त यति ठूलो कामका लागि सातौ पञ्चवर्षिय योजनामा जम्मा एक लाख रुपैयाँ खर्च गर्ने प्रस्ताव गरिएको थियो । सातौ पञ्चवर्षिय योजना (२०४२–०४७) मा राजसंस्था तत्कालीन पञ्चायती व्यवस्था र त्यस बेलाको संविधानको मर्यादा बढाउन नेपाल टेलिभिजनका लागि एक लाख रुपियाँ लगानी गर्ने प्रस्ताव गरिएको थिया े । (उप्रेती, २०६९, पेज ४०)

सरकारले तत्कालीन शाही नेपाल चलचित्र संस्थानका नायव महाप्रवन्धक निर शाहलाई परियोजनको नेतृत्व सुम्पियो । शाह कलाकार र सिनेकर्मी भएपनि उनलाई टेलिभिजन प्रसारणसम्वन्धी ज्ञान थिएन । शाह एक्लैले प्राविधिक जनशक्ति र आर्थिक श्रोतको अभावमा त्यति जटिल प्रविधि ल्याएर टेलिभिजन प्रशारण गर्न सक्लान् भन्ने पत्यार सरकारी अधिकारीहरुलाई समेत थिएन । आर्थिक सहयोगका लागि निर शाह फाइल वोकर योजना आयोग र अर्थ मन्त्रालय धाउथे र कसैलाई टेलिभिजन प्रसारण गर्न सकिन्छ भन्ने विश्वासै थिएन । यसरी परियोजना सुरु भएको छ महिनासम्म त तयारीमै वित्यो । २०४६ मा प्रजातन्त्र पुनस्थापना हुनु अघिसम्म शाही नातेदार र दरवारीयावाहेकले संस्थानको नेतृत्व पाउँदैनथ े । (उप्रेती, २०६९, पेज ३६)

२०४२ साल भदौ १६ देखि २१ गतेसम्म राजा वीरेन्द्र र रानी ऐश्वर्यले अष्ट्रेलियाको राजकीय भ्रमण गर्ने कार्यक्रम तय भयो । त्यही भ्रमणको दृष्य भूउपग्रहमार्फत नेपाल दुरसञ्चार संस्थानको बलम्बुस्थित अर्थ स्टेशनमा रेकर्ड गरी प्रशारण गर्ने योजना बन्यो । तर, परियोजनासँग क्यामरा र अरु आवश्यक उपकरण थिएन । परियोजनाको नाममा नेपाल बंैकबाट ९० लाख रुपैयाँ ऋण लिइयो । जसरी भए पनि नेपालमा टेलिभिजन प्रशारण गरेरै छाड्ने अठोटका साथ निर शाह, दुर्गानाथ शर्मा र क्यामराम्यान श्याम चित्रकार अष्ट्रेलियको राजधानी सिड्नी जाने योजना बन्यो । हङकङमा क्यामरा किनेर सिड्नी आउने भन्दै निर शाह हिड े ।(शर्मा, २०६५, पेज ५३ । नेपाली टेलिभिजन अभ्यास र अनुभुति, मार्टिन चौतारी)

राजाको भ्रमण दलमा परियोजनाको समाचार टोलीलाई संलग्न गराउने प्रयत्न सफल हुन नसकेपछि शाहले परियोजनाको खर्चमा समाचार टोली अष्ट्रेलिया पठाउने व्यवस्था गरेका थिए । प्रसारणको पूर्वाधार नै नभएकाले भ्रमण टोलीमा परियोजनाका कर्मचारीलाई राख्न दरबारले स्वीकृति नदिएको हो । त्यस बेलासम्म शाही भ्रमणका समाचार महिनौपछि फिल्म हलहरुमा देखाउने चलन थियो । (शर्मा, २०६५, ः पेज ५३, नेपाली टेलिभिजन अभ्यास र अनुभुति, मार्टिन चौतारी)

राजा रानी र भ्रमण दलका सदस्यको भिसा प्रक्रिया परराष्ट्र मन्त्रालयले पूरा ग¥यो । तर टिममा नपरेका दुर्गानाथ शर्मा र क्यामराम्यान चित्रकार भिसा लिन बैंककतिर लागे  । र, त्यहीबाट सिड्नी जाने योजना उनीहरुको थियो । हङकङमा क्यामरा किनेर सिड्नी पुगेका निर शाहलाई एयर इण्डियाले बाटैमा क्यामरा हराई दिएको थाहा पाएपछि झनै ठूलो संकट आईलाग्यो । अब कसरी दृष्य खिच्ने ? क्यामराको खोजिमा त्यहाँको प्रसारण संस्थामा पुगेका निर शाह  भाडामा क्यामरा दिने चलन नभएको जवाफ पाएर फर्किए । अन्ततः भाडामा अर्को क्यामरा लिएर राजा रानीको भ्रमणको दृष्य खिचियो । भूउपग्रह मार्फत नेपाल दुरसञ्चार संस्थानको बलम्बु अर्थ स्टेशनमा ५ बजे अष्ट्रेलिया भ्रमणको समाचार रेकर्ड गरी महाराजगञ्जको एउटा भिडियो पार्लरमा सम्पादन गरी साझ ६.३० वजे प्रशारण गर्ने योजनाअनुरुप उद्घोषण दिउँसै रेकर्ड गरी राखियो । बेलुका  परियोजनाको लाजिम्पाटस्थित कार्यालयबाट सफलतापूर्वक परिक्षण प्रशारण भए पछि सबै चकित भए । (शर्मा, २०६५, ः पेज ५३, नेपाली टेलिभिजन अभ्यास र अनुभुति, मार्टिन चौतारी)

परियोजना स्थापना भएको एक वर्ष पछि २०४२ साल पुष १४ गते राजा वीरेन्द्रको जन्मोत्सवको अवसर पारेर नेपाल टेलिभिजनले दैनिक बेलुका ७ देखि ९ बजेसम्म नियमित प्रसारण आरम्भ ग¥यो । पहिलो दिन समाचार, राजा बीरेन्द्रको जन्मोत्सव सम्बन्धी बृत्तचित्र, मुरलीधर र सुषमा श्रेष्ठको गायन कार्यक्रम गितान्जली र उज्ज्वल घिमिरेको यस्तै हुन्छ नामक टेलिफिल्म प्रशारण गरिएको थियो । (उप्रेती, २०६९ पेज,२१) स्थापनाकालदेखि यसले ‘विकासका लागि सञ्चार’ भन्ने नारालाई आफ्नो उद्देश्य मान्दै आएको छ । टेलिभिजन भनेकै श्रव्य र दृष्य हो भन्ने मान्यता रहेपनि नेपाल टेलिभिजनको स्थापनाकालमा दृष्य बिनाका समाचार प्रशारण भैरहे । २०४३ बैशाख १ गते पछि मात्र नेपाल टेलिभिजनले समाचारलाई प्रत्यक्ष प्रसारण गर्न थालेको हो । सामान्य स्टुडियोबाट नेपाल टेलिभिनले यो काम शुरु गरेको थियो । (सिंह, २०६५, पेज ९५–९६) दक्ष जनशक्ति, आर्थिक श्रोत र प्रविधिको चरम अभावकाबीच नेपाल टेलिभिजन प्रारम्भ भयो ।

सिमित साधन र श्रोतका बाबजुद नेपालमा टेलिभिजन स्थापना गर्ने काम कम चुनौतीपूर्ण थिएन ।  थोरै र अनुभवहीन जनशक्तिबाट काम चलाउनु पर्दा निक्कै समस्या थियो । राजनीतिक दबावका कारण नेपाल टेलिभिजनको समाचार ठूलावडाको भाषण प्रसारण गर्ने यन्त्र जस्तै हुन पुग्यो । कस्ता विषय समाचार हुन सक्छन् र कस्ता हुन सक्दैनन् भन्ने छुट्याउन कठिन थियो । राजा रानीका कार्यक्रम, प्रधानमन्त्री र मन्त्रीका भाषण नै सबैभन्दा ठूला र प्राथमिकताका समाचार हुन् भन्ने कुरा सिद्धान्त जस्तै स्थापित हुन पुग्यो ।

मन्त्रीका भाषणबाटै समाचार उत्पादन हुन्थे । खोजी गरेर पनि समाचार बनाइन्छ भन्ने मान्यता बनेको अवस्था थिएन । सरकारी कार्यालयका बिज्ञप्तिहरु सामान्य सम्पादन गरी प्रसारणका लागि पठाइन्थे भने समाचारको महत्व हैन, व्यक्तिको ओहदाका आधारमा नेपाल टेलिभिजनको समाचार प्राथमिकता तय गरिन्थ्यो । प्रधानमन्त्री र मन्त्री सहभागी सानातिना गोष्ठी र भाषण नै समाचारका श्रोत थिए । सेना र प्रहरीको गतिविधि रिपोटिङ गर्न पाइदैनथ्यो । ‘सरकारी सूचना र भाषालाई सम्पादन नै नगरी जस्ताको तस्तै पढ्न्ुपथ्यो । गैरसरकारी संस्था वा व्यापारिक क्षेत्रमा भएका अनियमितताका समाचार प्रसारण गर्न समेत सम्बन्धीत कार्यालय प्रमुखको स्वीकृति आवश्यक पथ्र्याे । सरकारी निर्णयका समाचार विभागीय लेटरप्याडमा आउथ्यो र नेपाल टेलिभिजनको फ्याक्समा झर्न नपाउदै सम्बन्धीत कार्यालयको उर्दि आईहाल्थ्यो । दायाँ बायाँ हैन, जस्ताको तस्तै पढ्नु । समाचार प्रसारण गराउन मन्त्रीहरु नै साथ लाग्ने मात्र होइन, कतिपय गोष्ठिका समाचार प्रसारण गर्नका लागि तोक आदेश नै गर्थे । केहीगरी मन्त्रीका त्यस्ता तोक आदेशका समाचार आधा घण्टाको समाचार बुलेटिनमा अटेन भने भोली पल्ट स्पष्टिकरण खान तयार रहनु पर्दथ्यो । (सिंह, २०६५, पेज ९९)

त्यसै गरी समाचारवाचकले हरेक दिन झण्डै एक दर्जन मानिसका बुझ्नै कठिन पर्ने हस्तलिखित स्क्रिप्ट पढ्नुपथ्र्याे । हिजो आज जस्तो ठूला ठूला भंगेरे अक्षरमा पढ्न मिल्ने टेलिप्रोमटरको व्यवस्था थिएन । २०४९ साल पछि मात्र यो प्रविधि नेपाल टेलिभिजनले भित्रयाएको हो । समाचार लेख्दा दुईवटा कार्वन राखेर तीन प्रति तयार  पारिन्थ्यो यो क्रम १० वर्ष जति चल्यो । अनी मात्र कम्प्युटरमा टाइप गर्न थालियो । हस्तलिखित अक्षर नबुझिए पछि बारम्वार गलत उच्चारण गर्नु वाहेक अर्को विकल्प थिएन । (सिंह, २०६५ पेज १०१)

जनशक्तिको अवस्था : पाँच जना कर्मचारीबाट सेवा शुरु गरेको नेपाल टेलिभिजनमा सन् १९८६ मा ७५, सन् १९८८ मा १६४, सन् १९९० मा २५० र सन् २००८  (सालमा राख्न मिल्छ कि?) मा आईपुग्दा ४०० कर्मचारी पुगेका छन् । (शर्मा, २०६५, पेज ६१) शुरुका दिनमा टेलिभिजनको आधारभूत ज्ञान समेत नभएका ३० जना युवालाई एक महिनाको सामान्य तालिम दिएर काम प्रारम्भ गरिएको थियो । सिंहदरबारस्थित हाल प्रधानमन्त्री कार्यालय रहेको भवनको सबैभन्दा माथिको तल्लामा नेपाल टेलिभिजनको कार्यालय थियो । तल माथि गर्नु पर्दा हरेक पटक ८६ वटा सिढि पार गर्नुपर्दथ्यो । यो क्रम दिनमा २० पटकसम्म हुन्थयो । कोठालाई समान्य पर्दाको सहायताले बेरेर स्टुडियो बनाइएको थियो, जसका कारण कुकुर करायो वा आकाशमा जहाज उड्यो भने पनि रेकडिङको काम रोक्नु बाहेक अर्को विकल्प थिएन  । (सिंह, २०६५, पेज ९४)

एउटा कुनामा समाचार डेक्स अर्कोमा कार्यक्रम सम्बन्धी, अर्कोमा एडिटिङ सेट, अर्कोमा उद्घोषण र समाचार रेकडिङको व्यवस्था । समाचार र उद्घोषणका लागि कटन कपडा किनी प्रशस्त मात्रामा सेफ्टी पिनहरुको प्रयोगले पट्टासमेत बनाइ डन्डा हालेर उभ्याइन्थ्यो । पर्दा अगाडिको मेचमा बसेर रिता गुरुङ र रमा सिंह उद्घोषण र समाचार वाचन रेकडिङ गर्थे । रेकडिङ गर्दा हलमा सबलाई चुपचाप लगाइन्थ्यो । बीचमा प्लेन उड्यो  भने पुन रेकडिङ रोकेर फेरि गर्नुपथ्र्यो । (गौतम, २०६१ ः पेज ३७)

नेपाल टेलिभिजन स्थापनाको दुई वर्षपछि काठमाण्डौंमा दक्षिण एसियाली सहयोग संगठन (सार्क)को तेस्रो शिखर सम्मेलन हँुदै थियो । त्यही अवसर पारेर सन् १९८७ मा कोरिया सरकारले उपहारस्वरुप नेपाललाई छ सय रंगिन टेलिभिजन सेट उपलब्ध गरायो । अनि शहरका विभिन्न स्थानमा टेलिभिजन सेट राखि सर्वसाधारणलाई नेपाल टेलिभिजनको प्रसारण देखाउने व्यवस्था मिलाइएको थियो । महाराजगञ्ज, लाजिम्पाट, जमल, रत्नपार्क, राष्ट्रियसभा गृह, भृकुटिमण्डप, कमलपोखरी लगायत राजधानीका दश स्थानमा यस्ता केन्द्र राखिएका थिए । यस्ता केन्द्रहरुमा टेलिभिजन हेर्नेहरुको भिड नै लाग्ने गथ्यो । तर त्यस बेलाका प्रधानपञ्चहरुले सामुदायिक केन्द्रमा राखेर जनतालाई देखाउनु पर्ने टेलिभजिन सेट घर घरमा लगेर हिन्दी फिल्म हेर्न थाले । पछि साना पञ्चबाट ति सेट फिर्ता त ल्याइयो  । फेरि मन्त्री र ठूला पञ्चहरुले आफ्नो घरमा लग े । (शर्मा, २०६५, पेज ५५)

प्रविधिमा परिवर्तन : स्थापनाकालमा अमेरिकाबाट ल्याइएको सय वाटको ट्रान्समिटरलाई चारवटा च्यानलमा परिणत गरी त्यसै मार्फत भीएचएस् डेकबाट क्यासेट चलाएर सिमिति ठाउँमा मात्र प्रसारण गरिएको थियो । हाल प्रधानमन्त्री कार्यालय रहेको भवनको माथिल्लो तल्लाका दुई तीन कोठमा अस्थायी स्टुडियो बनाएर लो व्याण्ड र भीएचएस् उपकरण राखिएका थिए । २०४४ मा फुलचोकिमा पहिलो ट्रान्समिटर स्टेशन स्थापना गरेपछि काठमाण्डौ उपत्यका र तराईका केही भागमा प्रसारण विस्तार भयो । फूलचोकीमा टावर राखेपछि नेपाल टेलिभिजनमा युम्याटिक र हाईव्याण्ड प्रविधि भित्रिएको हो । फूलचोकीमै एक किलोवाटको ट्रान्समिटर जोडियो र माइक्रो लिंक प्रविधि प्रयोगमा ल्याइयो । सन् १९८७ बाट प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमता विस्तार गरेको नेपाल टेलिभिजनले क्रमशः भूसतही (टेरिष्टेरीयल प्रविधि) माध्यमबाट मुलुकका अधिकांश भागमा आफ्नो पहँुच विस्तार ग¥यो । २०४८ सालमा सिंहदरबार हाताभित्र नेपाल टेलिभिजनको आफ्नै स्टुडियोसहितको भवन बनेपछि मात्र यसको भौतिक पूर्वाधारमा क्रमिक सुधार हँुदै आएको हो । बि.सं २०५० को दशकसम्म आईपुग्दा नेपाल टेलिभिजनले मुलुकका अधिकांश भूभागमा आफ्नो प्रसारण विस्तार ग¥यो । आउट साईड ब्रोकाष्टिङ भ्यान (ओबी भ्यान) र स्याटलाईट न्यूज ग्यादरिङ (डीएस्एनजी) प्रविधि भित्रयाएर मुलुकको जुनसुकै स्थानबाट प्रत्यक्ष प्रसारण गर्न सक्ने गरी प्राविधीक रुपमा क्षमता विस्तार ग¥यो । २०५८ असार १९ गते नीजि क्षेत्रबाट स्थापित च्यानल नेपालले स्याटलाईटबाट (भूउपग्रह) प्रशारण शुरु गरेको भोली पल्ट असार २० गते नेपाल टेलिभिजन पनि स्याटलाइटमा गएको हो । स्थापनाकालदेखि आर्थिक वर्ष २०६३—०६४ सम्म आईपुग्दा नेपाल टेलिभिजनमा सरकारले एक अर्व ४० करोड ६१ लाख लगानी गरेको थियो भने सोही अवधिमा नेपाल टेलिभिजनले एक अर्व २४ करोड आम्दानी ग¥यो । (शर्मा, २०६५,  पेज ६२)

नेपाल टेलिभिजनको समाचार नीति : सञ्चार माध्यम समाजको आँखा हो । बेलायती राजनीतिज्ञ जेम्स मेडिसनले भने झै सत्य, तथ्य सूचना वा त्यस्तो सूचना प्राप्त गर्ने साधनबिनाको सरकार केवल खोक्रो ढ्वाङ वा विघटन हुने शुरुवात हो । (दाहाल, पेजः ४९) तर विकासका लागि सञ्चार भन्ने नारासहित स्थापित नेपाल टेलिभिजन सधै सरकारमा बस्नेको भजन किर्तन गर्नमै रुमल्नि पुग्यो । नेपाल टेलिभिजनमा स्थापनादेखि काम गरेकी पत्रकार रमा सिंहको शब्दमा —विकासका लागि सञ्चार र सञ्चारका लागि मन्त्रीको अनुहार । (सिंह, २०६१ ः पेज ३१) नेपाल टेलिभिजन स्थापनाकाल देखि नै सत्तामा जो छ, उसैको गुणगान गर्ने समाचार नीतिको शिकार बन्दै आएको पाइन्छ ।

नेपाल टेलिभिजनमा लामो समय काम गरेका पत्रकार विजयकुमार पाण्डेले भनेका छन्—सबभन्दा माथि राजाको समाचार, त्यसपछि रानी, अनी युवराज एवं क्रमले जदौ प्रभुको समाचार । २०४५ भदौ ३ गते बिहान पूर्वी नेपालमा प्रलयकारी भूकम्प आयो । सयौं नेपाली मरे । त्यो प्रलयकारी भूकम्प आएको दुई घण्टा पछि सरकारी सञ्चार माध्यमको मुख्य समाचार थियो । श्री ५ मुमावडामहारानी सरकारको जन्मोत्सव भव्य रुपले मनाइदै । (पाण्डे, बिजयकुमार, कान्तिपुर दैनिक  २०६८ चैत्र  ११)

भूकम्पले धरान लगायत पुर्वाञ्चलका अधिकांश जिल्ला र भक्तपुरमा समेत ठूलो धनजनको क्षति भयो । त्यति ठूलो प्राकृतिक विपत्तिमा मुलुक फस्दा र जनधनको ठूलो क्षति हुदा समेत नेपाल टेलिभिजनले वडामहारानीको जन्मोत्सवको समाचारलाई नै प्राथमिकता दिएको थियो । २०४५ साल भदौ ५ गते तत्कालीन वडामहारानी रत्नको जन्मोत्सवका अवसरमा काठमाण्डौंको विशालबजारमा परराष्ट्रमन्त्री शैलेन्द्रकुमार उपाध्यायले राजा महेन्द्रको शालिक अनावरण गर्ने कार्यक्रम थियो । दैवी प्रकोपको रिपोटिङमा जानुपर्ने भएपनि रिर्पोटर राजु सिलवाल र क्यामराम्यान ध्रुब वस्नेतलाई कुनै हालतमा शालिक अनावरणको समाचार नछुटाउनु भन्ने आदेश सहित विशालबजार खटाइएको थियो  । (उप्रेती, २०६९पेजः ५५)

२०६१ सालमा नेपाल टेलिभिजन २० वर्षको पुग्दा १७ वटा विभिन्न प्रकृति र शैलीका नेतृत्वकर्ता र दुई दर्जन बढी सञ्चारमन्त्री पायो । झण्डै एक दर्जन सचिव पायो । यसबीचमा झण्डै एक दर्जन जति सरकार नै फेरिए । २०६२–०६३ सालदेखि ६९ सम्ममा नेपाल टेलिभिजनले चारवटा नेतृत्व फेरिसक्यो । राज्यभन्दा पनि राष्ट्रको संरचना र सम्पक्ति हो नेपाल टेलिभिजन । तर राष्ट्रको निधि वा सार्वजनीक प्रशारण संस्थाका रुपमा नेपाल टेलिभिजन सुसञ्चालनका निम्ति आधारभूत पक्षमा ध्यान गएन । (सम्पादीय, नेपाल टेलिभिजन रजत महोत्सव स्माररिका, २०६६) भाषण शैलीका समाचार र साना तिना गोष्ठी सभाहरुमा प्रधानमन्त्री र मन्त्री गए ठूलो समाचार वनाउने नीतिलाई नेपाल टेलिभिजनले निरन्तरता दिँदै आएको छ ।

समाचारको गुणस्तर विकासका लागि सम्पादकीय स्वतन्त्रताको ग्यारेण्टी पहिलो अनिवार्य सर्त हो । तर, नेपाल टेलिभिजनको सम्पादकीय स्वतन्त्रता सधै सरकारको पोल्टामै सिमित रहन पुग्यो । ‘कांग्रेसका मन्त्री आए सरकारी सञ्चार माध्यममा कांग्रेसीकरण हुन्छ । एमाले आए एमाले करण र माओवादी आए माओवादीकरण हुने रोगले भने सरकारी सञ्चार माध्यम कहिल्यै मुक्त हुन सकेन ।’ (शर्मा, २०६५, पेज, ५८)

स्थापनाकालदेखि नै नेपाल टेलिभिजन सधै विपक्षीप्रति अनुदार रहदै आएको छ । सत्य, तथ्य र विश्वस्नीय समाचार प्रशारण गर्नु पर्ने पत्रकारिताको सिद्धान्त भएपनि यसले सरकारइतर शक्तिका हकमा भने कहिल्यै अवलम्बन गर्न पाएको छैन । सत्ता पक्षको गुणगान र विपक्षीको उछित्तो काड्नु नेपाल टेलिभिजनको समाचार नीति रहदै आएको पाइन्छ । पञ्चायतकालमा राजा र पञ्चहरुको गुणगानबाट शुरु भएको नेपाल टेलिभिजनको समाचार यात्रा बहुदल हुँदै गणतन्त्रसम्म आईपुग्दा समेत उकालो लागेकालाई क्रेन लगाएर तान्ने र ओरालो लागेकालाई लात्ताले हानेर झन तल फाल्ने नीतिमै सिमिति छ । पञ्चायतकालमा राजनीतिक दलको नाम लिन समेत पाइदैनथ्यो । प्रजातन्त्र पक्षधरलाई गाली गर्न पञ्चहरुले प्रायोजित शब्द प्रयोग गरेर निकालेका बक्तव्यले नेपाल टेलिभिजनको समाचार भरिन्थ्यो । त्यस ताका नेपाल टेलिभिजनले पञ्चायत विरुद्ध आन्दोलनरत दलहरुलाई गाली गर्न प्रयोगमा ल्याएका शब्दका केही नमुना ः भेडाका छाला ओडेका ब्वाँसाहरु, विदेशीको बुई चढेका अराष्ट्रिय तत्वहरु, मुठ्ठीभरका आतंककारीह रु । (उप्रेती, २०६९, पेज ५८)

नेपाल टेलिभिजनको महाप्रबन्धक समेत रहिसकेका पत्रकार दुर्गानाथ शर्माले भनेका छन्—‘पाण्डे थरका एक मन्त्रीले नेपाल टेलिभिजनले उनले हुलाक टिकटमा टाँचा लगाएको समाचार छायांकन गर्न क्यामराको अभावले नभ्याउदा ठूलै नाटक गरे । टिकटको दृष्य खिचेर त्यसको विवरण सहित फलाना मन्त्रीले टाँचा लगाउनु भयो भनेर समाचार दिने कुरा गर्दा उनी भुतभुताए र क्यामरा टोलीलाई नै आफ्नो मन्त्रालयमा बोलाए । हुलाक सेवा विभागमा भएको समारोहलाई दशरथ रंगशालामा भएको पर्यटन मन्त्रालयमा टाँचा लगाउने नयाँ नाटक रचेर काम चलाइयो । मन्त्रीले टिकटमा टाँचा मात्र लगाएनन्,  दर्शक बिना नै त्यहाँ भाषण पनि ठोके । जसलाई हाम्रो छायाँकारले उनको टाउको मात्र खिचेर भाषण सुनाए । मन्त्रीहरु यति अहंकारी हुन्थे की यसो गर्दा दर्शकलाई चिट गरेको थाहा हुन्छ नगरौ भन्दा पनि मान्दैनथे । मैले भने पछि मान्नै पर्छ भन्ने उनीहरुको विचार हुन्थ्यो । (राजधानी दैनिक, २०६८ चैत्र २०)

नेपाल टेलिभिजनका संस्थापक निर शाहले भनेका छन्—‘एकदलीय शासन प्रणालीमा समाचार सरकारमुखी हुनु स्वभाविकै हो । सरकारी दृष्टिकोण नै त्यहाँ हुन्थे । तर, समसामयिक कार्यक्रममा हामी सम्भव भएसम्म हदैसम्मको स्वतन्त्रता उपयोग गथ्र्याै । त्यसबेला नेपाली कांग्रेसका नेता बीपी कोइरालाको कुनै तस्वीर पत्रिकामा छापिदैनथ्यो । तर, हामीले जनमतसंग्रहमा भोट खसाल्न लाइनमा उनी उभिएको दृष्य प्रसारण गरेका थियौ । त्यो जनमतसंग्रहको वृत्तचित्र निर्माण गर्दा मैले नै खिचेको थिए । (उप्रेती, २०६९, पेज  ५५)

नेपाल टेलिभिजन स्थापना भएको चार वर्षसम्म मुलुकमा पञ्चायती शासन व्यवस्था कायम थियो । त्यो अवधिमा राजा र पञ्चको गुणगानमै यसको दुरुपयोग भयो । कतिसम्म भने २०४६ सालको जनआन्दोलनमा जनता सडकमा आउँदा समेत नेपाल टेलिभिजनले प्रायोजित समाचार बनाएर भए पनि पञ्चायतलाई टिकाउन भरमग्दुर प्रयत्न गरेको थियो । सत्य, तथ्य र विश्वासनीय सूचना मात्र प्रवाह गर्नु पर्ने पत्रकारिताको पहिलो अनिवार्य सिद्धान्तको धज्जी उडाउने गरी समाचार प्रशारण गरिएका धेरै उदाहरण छन् ।

२०४६ सालको जनआन्दोलनमा नेपाल टेलिभिजनका रिर्पोटरहरु प्राय रिङरोड छेउछाउमा पुगेर पहिले नै मानिसहरुलाई के बोल्ने भनेर सिकाउथे  । र, पछि रेकर्ड गर्थे । आन्दोलनले गति लिदै जाँदा व्यवस्थाको समर्थनमा मान्छेलाई बोलाउन असम्भव हँुदै गयो । एक पटक त आन्दोलन दबाउन बैठक गरेर बबरमहलको बाटो फर्किदै गरेका गुप्तचर विभागका कर्मचारीहरुको पञ्चायती व्यवस्थालाई समर्थन गरेका विचारहरु रेकर्ड गरी समाचार प्रशारण गरिएको थियो । (उप्रेती, २०६९, पेज ५८) व्यक्तिवादी र साना गोष्ठीमा प्रधानमन्त्री र मन्त्रीहरु जाँदा पनि ठूलो समाचार बन्ने क्रम जारी नै छ । महत्वपूर्ण आर्थिक सामाजिक विषयभन्दा मन्त्रीका थोत्रा भाषणले प्राथमिकता पाउँछ । पहिले मन्त्रीले टेलिभिजनमा कुन समाचार बनाउने भन्ने तोक आदेश गर्थे । अनि मन्त्रीको तोकआदेशका समाचार बुलेटिनमा परेन भने टेलिभिजनका हाकीसँग स्पष्टिकरण मागिन्थ्यो ।

२०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायती व्यवस्थाको अन्त्य गरी मुलुकमा प्रजातन्त्रको बहाली ग¥यो । यो अवधिमा नीजिस्तरबाट सञ्चालित पत्रकारिताले चरम स्वतन्त्रताको उपयोग गर्ने अवसर पायो तर नेपाल टेलिभिजन भने पञ्चायतकालीन रोगको शिकार हुन बाध्य भयो । सत्तामा बस्नेहरु विपक्षी पार्टी त के आफ्नै पार्टीभित्रका अन्य गुटका समाचारमा अनुदार मात्र देखिएनन्, अघोषित रुपमा पार्टीभित्रकै विपक्षीहरुको समाचार र विचारमा प्रतिवन्ध लगाउनेसम्मका काम भए ।

२०४८ सालमा नेपाली कांग्रेसको एकमना सरकार बनेपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सभापति कृष्णप्रसाद भट्टराईबीच चरम विवाद भयो । कांग्रेस छत्तिसे र चौहत्तरे समूहमा विभाजित भयो । त्यस बेला सरकारमा रहेको पक्षले आफ्नै पार्टीका सभापति भट्टराईको विपक्षमा समाचारहरु प्रशारण गर्न नेपाल टेलिभिजनलाई दबाब दिए । समाचार र समसामयिक छलफल कार्यक्रममा भट्राई पक्षको कमिकमजोरी देखाउने काम मात्र हुन्थे । त्यस्ता कार्यक्रमको विषय वस्तु र अतिथि छान्ने काम महाप्रबन्धकको तहबाट हुने गथ्र्यो । प्राय सरकार वा सत्तारुढ दलको तर्कशिल र बलियो बक्ता छानिन्थ्यो भने विपक्षको कमजोर । कार्यक्रम तयार भएपछि महाप्रबन्धक तपनाथ शुक्ल आफै सेन्सर गर्थे  । र, कार्यक्रमको विषय वस्तु चयनमा समेत उनकै नियन्त्रण थियो । (उप्रेती, २०६९, पेज ६१)

२०५० सालको उप निर्वाचनमा काठमाण्डौ क्षेत्र नं १ बाट उम्मेद्वार बनेका आफ्नै पार्टीका सभापति कृष्णप्रसाद भट्टराई विरुद्ध प्रधानमन्त्री कोइरालाले १८ मीनेट लामो बक्तव्य जारी गरे । त्यो बक्तव्य नेपाल टेलिभिजनमा बिना दृष्य जस्ताको तस्तै पढ्न लगाइयो । नेपाल टेलिभिजनलाई प्रधानमन्त्री कोइरालाको बक्तव्य जस्ताको तस्तै पुरै पढ्नु भन्ने आदेश प्रेस सल्लाहकार जयप्रकाश गुप्ताले दिएका थिए । नेपाल टेलिभिजनको इतिहासमा बिना दृष्य हुबहु त्यति लामो बक्तव्य समाचारमा वाचन गरिएको त्यो नै पहिलो घटना हो ।

२०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले राज्य सत्ता आफ्नो हातमा लिएपछि पञ्चायतकालको स्मरण सञ्चार माध्यमलाई गराइयो । सन् २००५ (कोट भित्र नपरेको भए नेपाली बनाउँदा होला) मा राजा ज्ञानेन्द्रले सुर्खेत भ्रमणका क्रममा दिएको अन्तवार्ता नेपाल टेलिभिजनले २२ पटक प्रशारण गरेको थियो । त्यसै गरी हरेक दिन बेलुकी ८ बजेको समाचारको बीचमा विचार स्तम्भ राखेर राजाको अधिनायकवादी कदमको समर्थनमा जनमत बटुल्न खोज्यो (अर्याल २०६६ः पेज २)  । गणतन्त्र स्थापना भए पछि पनि सत्ता पक्षको आमसभाको प्रत्यक्ष प्रशारण गर्न बाध्य पारियो र बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा विपक्षीको आमसभाको प्रत्यक्ष प्रशारण गरेको आरोपमा तत्कालीन महाप्रबन्धक दिपकमणि धिताललाई पदवाट हटाइयो । १० वर्ष लामो शसस्त्र युद्धबाट सत्तामा पुगेको माओवादीले पनि मूलत युद्ध संस्कृतिलाई बढावा दिने कार्यक्रम लादेर कथित संस्कृतिक क्रान्ति गर्न खोज्यो । (अर्याल, २०६६ः पेज २)

जसको सरकार बन्यो, उसैको मादल बजाउनु पर्ने स्थापनाकालदेखिको नियति र सरकारी हस्तक्षेपवाट मुक्त राख्न नेपाल टेलिभिजनलाई सार्वजनीक प्रसारणको अवधारणामा लैजानुपर्ने पक्षमा पछिल्लो समय वहस भैरहेको छ । नेपाल टेलिभिजनको पत्रकारिता आधारभूत रुपमा सेल्फसेन्सरसिपबाट ग्रसित छ । तथ्यमा आधारित भएर स्वतन्त्र भई विश्वसनीय ढंगले पत्रकारिता गर्ने बातावरण नै छैन । निश्चित दल र समुदायको स्वार्थ पूरा गर्ने उद्देश्यले पत्रकारहरु आफै सञ्चालित छन् । दलिय पत्रकारिता यहाँको मुख्य विशेषता भएको छ । निश्चित समुदायको स्वार्थपूर्ति गर्न सडकले पत्रकारितालाई नियन्त्रण गर्न खोजिरहेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु आफ्नो स्वार्थपूर्तिका लागि मिडियामा एजेण्डा सेटिङ गर्ने काम अदृष्य रुपमा गरिरहेका छन् । अर्कोतिर व्यापारिक घरानाहरुको स्वार्थपूर्ति पनि मिडियाले गर्नु परिरहेको छ । (उप्रेती, २०६८, पेज ६३)

नीजि टेलिभिजनको सुरूवात : पञ्चायती शासन व्यवस्था रहँदासम्म मुलुकमा बहुलवाद नै थिएन । नीजिस्तरवाट रेडियो र टेलिभिजन चलाउनका लागि कानूनी आधारसम्म थिएन । त्यसैगरी तत्कालीन व्यवस्था र राजा तथा राजपरिवारको आलोचनामा समाचार प्रवाह गर्न पाइदैनथ्यो । पञ्चायत विरोधी समाचार वा विचार प्रकाशित गरे पत्रिकाको दर्ता खारेज गर्ने र त्यस्तो पत्रिका छापेको आरोपमा छापाखानामा ताला लगाउने व्यवस्था थियो । त्यसैले पनि पञ्चायती शासनका ३० वर्षमा नेपालमा ठूलो लगानीका सञ्चार माध्यम खुलेनन् ।

नेपाल टेलिभिजन आएको ७ वर्षसम्म कानूनको अभावमा नीजि क्षेत्रमा विद्युतीय सञ्चार माध्यम स्थापना गर्ने बाटो नै बन्द थियो । २०४९ मा राष्ट्रिय सञ्चार नीति र राष्ट्रिय प्रशारण ऐन बनेपछि मात्र नीजि लगानीमा बिद्युतीय सञ्चार (रेडियो र टेलिभिजन) स्थापनाका निमित्त कानूनी बाटो खुल्ला भयो । (नेपाल, मे ३, २००७, पेज १२६)

तरपनि नेपाल टेलिभजिनको नेपालमा १५ वर्षसम्म एकाधिकार रह्यो । २०५६÷०५७ सालको बजेटमा समेत विलासिताको वस्तु मान्दै टेलिभिजनको उच्च भन्सार दर राखिएको थियो । अहिलेसम्म आइपुग्दा टेलिभजन धेरैको लागि आधारभूत आवश्यकता जस्तै बन्न पुगेको छ ।
राष्ट्रिय प्रशारण ऐन २०४९ र नियमावली ०५२ जारी भए पछि नीजी लगानीमा बिद्युतिय सञ्चार माध्यमको विकासका लागि बाटो खुल्यो । २०५४ सालमा रेडियो सगरमाथाले प्रसारण अनुमति पायो र दक्षिण एसियाकै पहिलो सामुदायिक रेडियो बन्न सक्यो । यसबीच दर्जनौं एफएम रेडियोले अनुमति पाए । नेपाल टेलिभिजनले २०५३ माघदेखि निजी क्षेत्रका दुई संस्था सांग्रिला र इमेज च्यानलबाट निश्चित रकम लिएर बिहान, साँझ र राती कार्यक्रम सञ्चालन गर्न अनुमति दियो ।

एकै दिन जन्मिए दुई च्यानल : बैङ्ककबाट ‘स्याटेलाइट अपलिङ्क’ गरी ०५८ सालदेखि सञ्चालित च्यानल नेपालले ०६० सालमा नेपालबाटै प्रसारण अनुमति पायो । २०६० असोजमा नेपाल टेलिभिजनको दोस्रो च्यानलका रुपमा ‘एनटिभी टु’ स्थापना भयो । ०५९ सालमा कान्तिपुर टेलिभिजन र इमेज च्यानलले ‘टेरेस्टेरियल’ प्रविधिमा प्रसारण अनुमति पाए । २०६० असार २९ गते एकै दिन नेपाली आकाशमा यी दुई टेलिभिजनले प्रसारण सुरु गरे । अनिमात्र नेपालको टेलिभिजन इतिहासमा समाचार र कार्यक्रमका क्षेत्रमा तीव्र प्रतिस्पर्धा सुरु भएको हो । (नेपाल, २०६५, पेज ११७)

२०६१ माघ १९ मा राजाले प्रधानमन्त्री शेरबहादुर देउवालाई बर्खास्त गरी मुलुकको कार्यकारी अधिकार आफ्नो हातमा लिए । यो अवधिमा पाँच राजनीतिक दल (नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र नेपाल सद्भावना पार्टी आनन्दीदेवी) ले राजाको प्रतिगामी कदमको विरोधमा राजधानी केन्द्रीत आन्दोलन शुरु गरे । त्यसक्रममा प्रहरीले प्रदर्शनकारीमाथि गरेको दमन र धरपकडका घटना सम्बन्धी समाचारलाई कान्तिपुर र इमेज च्यानलले उच्च प्राथमिकताका साथ प्रसारण गरे । सधै सरकारी टेलिभिजनमा आश्रित नेपाली दर्शकले पहिलो पटक विपक्षीका समाचार टेलिभिजनमा हेर्न पाए । यही कारण नेपालमा नीजि टेलिभिजनको लोकप्रियता मात्र बढेन, यिनीहरुले स्थापित हुने मौका समेत पाए ।

माघ १९ पछि : तत्कालीन शाही नेपाली सेनाका अधिकारीहरुको कमाण्डमा हरेक सञ्चार गृहमा सेनाको व्यारेक नै खडा गरियो । सेनाका मेजरको अन्तिम स्वीकृति बिना समाचार प्रसारण गर्न नपाउने तहको सेन्सरसीप एक सातासम्म कायम भयो । त्यसले शिखरमा पुगेको टेलिभिजनको लोकप्रियता ह्वात्तै घट्न पुग्यो । राजाका कदम विरुद्ध नागरिक समाज, पेशागत समूह तथा राजनीतिक दलहरु सक्रिय हुन थाले । नीजि टेलिभिजनले पनि ती गतिविधिलाई प्राथमिकता दिन थाले । त्यसपछि कान्तिपुर र इमेज च्यानलले सरकारको विरोधमा सात राजनीतीक दलहरुले सञ्चालन गरेको आन्दोलनका समाचारलाई उच्च प्राथमिकता दिन थाले । दलहरुको आन्दोलन सशक्त हुँदै जाँदा नीजि च्यानलले लोकप्रियता चुम्दै गए । (नेपाल, २०६५, पेज ४९, कान्तिपुर टेलिभिजनका पाच वर्ष, मिडिया भिजन, कान्तिपुर टेलिभिजन कर्मचारी संघ )

जनआन्दोलन २०६२–०६३ मा नीजि टेलिभिजन : राजा ज्ञानेन्द्रको नेतृत्वमा गठित मन्त्रीपरिषद्का उपाध्यक्ष तुलसी गिरीले कान्तिपुरलाई आठौ दलको संज्ञा दिने गर्थे । कार्यकारी अधिकार आफ्नो हातमा लिएर माघ १९, २०६१ मा राजा ज्ञानेन्द्रले राजनीतिक कू गरेपछि नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सात दल ( कांग्रेस, एमाले, काँगे्रस प्रजातान्त्रिक, संयुक्त जनमोर्चा, नेपाल सद्भावना पार्टी आनन्दीदेवी, नेपाल मजदुर किसान पार्टी र नेकपा  (माले) आन्दोलनमा होमिएका थिए ।

नीजि क्षेत्रका टेलिभिजन त्यसमा पनि कान्तिपुर र इमेजले आन्दोलनको समाचारलाई उच्च प्राथमिकता दिएका थिए । सञ्चार माध्यमले आन्दोलन चर्काएको विश्लेषण गर्दै जनआन्दोलन–२ का क्रममा सरकारले सेनाको सल्लाहमा सञ्चार माध्यमहरुलाई कफर््यु पास दिएन । (नेपाल, मे ३, २००७, पेज १२२) टेलिभिजनले आन्दोलनका समाचार प्रसारण गरेपछि जताततै आन्दोलन झन चर्किने, जनता थप आक्रोशीत हुने विश्लेषण गर्दै शासकहरुले प्रेसलाई पास नदिने नीति तय गरेका थिए । तर, पास नदिएकै अवस्थामा पनि २०६२ चैत्र २७ गते कान्तिपुर टेलिभिजनले पहिलो पटक प्रदर्शनकारीमाथि गोली प्रहार भएको दृष्य प्रशारण ग¥यो भने इमेज च्यानलले आन्दोलनमा सुरक्षाकर्मीले गरेको दमनका दृष्य पाएसम्म प्रसारण गर्ने गरेको थिया े । (लेखकको अप्रकाशित डायरीबाट )

२०६२ चैत्र २९ गते राजधानीको गोगंबुमा व्यापक दमन भयो । आन्दोलनकारीलाई ताकेर गोली हानियो । त्यो रणमैदानमा सयौं घाइते भए तर पनि पत्रकारहरुले अदम्य शाहसका साथ ज्यानको वाजी थापेर घटनको दृष्य खिचे । ति दृष्य टेलिभिजनको पर्दामा आउदा आन्दोलन झनै चर्केर गयो । कलंकी, कीर्तिपुर, चावहिलमा सरकारले भिषण आक्रमण ग¥यो । २०६२ चैत्र ३१ गते आन्दोलन चर्काउन भूमिका निर्वाह गरेको भन्दै सञ्चार राज्यमन्त्री श्रीषशमशेर राणाले राजधानीमा रहेका सबै केवुल सञ्चालकहरुलाई मन्त्रालयमा बोलाई कान्तिपुर टेलिभिजन केवुलबाट हटाउन दबाब दिए । केवुल अपरेटरहरुले सरकारी धम्कीका बाबजुद कान्तिपुर हटाउन मानेनन ् । (कान्तिपुर टेलिभिजनका तत्कालिन उपसमाचार प्रमुख सोहन श्रेष्ठसंगको कुराकानी) साँझ ८.३० बजे प्रशारण हँुदै आएको समाचार बुलेटिन नेपाल टेलिभिजनको समाचारसँग जुधाउन त्यसै दिनदेखि आठ बजे सारियो । कान्तिपुर टेलिभिजनले आन्दोलन झनै भड्काएको आरोप सरकारले लगाएको थियो । त्यसैले सरकारी टेलिभिजन र कान्तिपुरमध्ये कुनलाई जनताले रोज्छन् भनेर नै समाचार जुधाइएको थियो ।

जनआन्दोलन चुलीमा रहेका बेला नेपाल टेलिभिजन र च्यानल नेपालले त्यसको विरोधमा समाचार प्रसारण गरे  । र, अरु नीजी क्षेत्रका टेलिभिजनले आन्दोलनका समाचारलाई उच्च प्राथमिकतामा राखे । २०६३ बैशाख ७ गते राजधानीलगायत मुलुकभर लाखौलाख जनता सडकमा ओर्लिए । सरकारले कफर््यु पास नदिएकाले कान्तिपुर टेलिभिजनमा  सम्वाददाता र क्यामराम्यानलाई आफ्नो घर वरपरका घटनाका बारेमा फोनबाटै रिपोटिङ गर्न भनिएको थियो । त्यो दिन पहिलो पल्ट क्यामराम्यानहरुले टेलिफोन मार्फत प्रत्यक्ष रुपमा समाचार दिएका थिए । लाखौलाख जनता पुन सडकमा ओर्लिए । त्यो दिन टेलिभिजनमा स्क्रोल गरियो । ‘सरकारले कफर््यु पास नदिएका कारण हामी तपाईको घर टोलसम्म पुग्न सकेका छैन । त्यसैले आफ्ना घर छिमेकका समाचार तथा फोटो उपलब्ध गराउनु हुन हाम्रा समग्र दर्शकमा आग्रह गर्दछौ । (लेखक त्यति बेला कान्तिपुर टेलिभिजनका समाचार संयोजक थिए । विहानको रिर्पोटिड बैठकमा भाष्कर ज्ञवालीले यो विचार ल्याए पछि कान्तिपुर टेलिभिजनमा त्यो व्यहोरा स्क्रोल गरिएको थियो ।) ’  बेलुका सयौ थान टेप कान्तिपुर टेलिभिजनको कार्यालयमा पु¥याउन सर्वसाधारण आफै पुगेका थिए । आन्दोलनको लहर बढ्यो । बैशाख ८ गते राजाले गरेको घोषणालाई समेत जनताले अस्वीकार गरे । आन्दोलनको राप र तापबाट बाध्य भइ तीन दिन भित्रै अर्कौ घोषणा गर्नु प¥यो । पहिले विघटन भएको प्रतिनिधिसभालाई राजाले बैसाख ११ गतेको घोषणाबाट पुनस्र्थापना गरे ।

दोस्रो जनआन्दोलनपछि नीजि टेलिभिजन  : शाही शासनको अन्त्यपछि नेपाली प्रेसले गुमेका अधिकार प्राप्त ग¥यो । जुनसुकै समाचार जसरी दिँदा पनि कसैले कहीबाट रोकटोकको कुरै थिएन । १२ गते विजय जुलुस भयो । टेलिभिजनमा त्यो घटना प्रत्यक्ष प्रसारण भयो । बैशाख १४ गते जनआन्दोलनका कमाण्डर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री नियुक्त हुनुभयो । बैशाख १५ गते पुनस्र्थापित प्रतिनिधिसभाको बैठक संसद भवन सिंहदरबारमा सुरु भयो । संसद भवनभित्रबाट कान्तिपुर र नेपाल टेलिभिजन लगायत दर्जनौ रेडियोले संसदको गतिविधि प्रत्यक्ष प्रशारण गरे । ग्यालरी बैठकभित्रैबाट पत्रकारले प्रत्यक्ष प्रसारणका लागि बोलेको नेपालको संसदीय इतिहासमा त्यो नै पहिलो घटना थियो । त्यसपछि भएको संविधानसभा चुनावमा कान्तिपुर टेलिभिजनले पहिलो पटक राजधानी बाहिरका झण्डै एक दर्जन (झापामा सुशील भट्टराइ, विराटनगरमा भुवन केसी, सिराहा सप्तरीमा प्रकाशचन्द्र परियार, जनकपुरमा जगत नेपाल, बीरगञ्जमा योपेश प्रधान, चितवनमा हिमाल न्यौपाने, बुटवलमा तोया दाहाल, रोल्पामा गंगा विसी, महेन्द्रनगर धनगढीमा रजनिश भण्डारी खटिएका थिए)  प्रमुख शहरबाट प्रत्यक्ष प्रसारण ग¥यो । अर्कोतिर एभीन्यूज टेलिभिजनले भारतबाट भाडामा ल्याइएका ३ वटा डीएस्एनजी (डिजिटल स्याटलाईट न्युज ग्यादरिङ) मार्फत देशका विभिन्न भागबाट चुनावको रिपोटिङ गरेको थियो ।

टेलिभिजनका चुनौती : नीजी टेलिभजिनबीचको बढ्दो प्रतिस्पर्धाका कारण समाचार र कार्यक्रमको गुणस्तरमा क्रमश सुधार हँुदै आएको पाइन्छ । सबैजसो टेलिभिजनले मुलुकभर आफ्नो क्षेत्र विस्तार गर्दै प्रमुख स्थानमा व्युरो कार्यालय र हरेक जिल्लामा सम्वाददाता राखेका छन् । छिटोभन्दा छिटो सुचना ब्रेक गर्ने तीव्र प्रतिस्पर्धा चलेको छ । यसले गर्दा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासमा सघाउ पुगेको छ । तर, पछिल्लो समय नेपाली आकाशमा च्याउ जस्तै नयाँ–नयाँ टेलिभिजन स्थापना गर्ने होडबाजी नै चलेको छ । पैसा र शक्ति भएकाहरु सञ्चार माध्यम त्यसमा पनि टेलिभिजनमा लगानी गर्न बढी उत्सुक देखिएका छन् । धेरै सञ्चालकहरु नै के प्रयोजनका लागि संस्था खोलेको, त्यसको नीति के हुने भन्ने कुरामा स्पष्ट छैनन् । (नेपाल, २०६५, पेज १२९) नेपाली टेलिभिजनः अभ्यास, अनुभूति र विश्लेषण

दर्शकलाई आकर्षित गर्नका लागि सामान्य विषयलाई अतिरञ्जित गर्ने, छिटो सूचना दिने नाममा अपरिपक्व सूचना प्रवाह गर्ने होडका कारण टेलिभिजनले आफ्नो असिमित प्रभावलाई कमजोर पार्दै गएको अवस्था छदैछ । पत्रकारिताका प्राध्यापक पी खरेल भन्छन्–‘वर्तमान अवस्थामा डेढ दर्जन भन्दा बढी टीभी च्यानलहरु प्रशारणमा छन् । तर पनि समष्टीगत रुपमा गुणस्तरीयताको कमी पाइन्छ, । प्राय सबै च्यानलले काठमाडौं उपत्यका र केही सीमीत राजनीतिक नेताहरुको भाषणमा केन्द्रित एउटै प्रकारको रिपोर्ट प्रसारण गर्ने गर्दछन । तिनीहरुले प्रसारण गर्ने समाचार, निरन्तर अनुगमन, अनुसन्धान र पर्याप्त पृष्ठभूमीको कमी पाइन्छ । परिणामस्वरुप थुप्रै टीभी च्यानल भएपनि ती सबैले थोरैमात्र फरक एंगलबाट लगभग समान समाचार प्रसारण गर्ने गर्दछन ।

अधिकांश टेलिभिजनले घर, स्टुडियो सामग्री, क्यामरा र अन्य भौतिक सामग्रीमा पर्याप्त लगानी गरेपनि जनशक्तिको वृत्ति विकासमा ध्यान दिएको पाइदैन  । टेलिभिजनमा काम गर्ने पत्रकारको पारिश्रमिक अत्यन्त न्यून छ । अनुभवीको तुलनामा कम पैसामा नयाँ र कमजोर जनशक्तिमा काम चलाउने प्रवृत्ति बढ्दा आचारसंहिता उल्लंघन हुने र पत्रकारिता नै बदनाम भएका घटना छन् । टाइ सुट लगाएर चिटिक्क टेलिभिजन पर्दामा देखा पर्न सहज भए पनि विश्वभरका टेलिभिजन च्यानलसँग पहुँच भएका दर्शकको मन जित्न भने पर्याप्त अध्ययन र अनुसन्धानमा आधारित समाचार र कार्यक्रम उत्पादनमा जोड दिनु बाहेक अर्को विकल्प छैन । पत्रकार शरच्चन्द्र वस्ती भन्छन्– ‘समाचार र दृष्य संयोजन कसरी गर्ने, के–कस्तो समाचार प्रसारण गर्दा समाजलाई कस्तो असर पर्छ भन्ने सामान्य तालिमसमेत अधिकांश टेलिभिजनमा दिइएको पाइदैन । टेलिभिजन सम्बन्धी उच्च शिक्षा प्राप्त र तालिम लिएर काम गर्ने पत्रकारको संख्या न्यून छ ।’  (नेपाल, २०६५, पेज १३१)

नेपाल टेलिभिजन, कान्तिपुर र इमेज टेलिभिजनलाई अपवाद मान्ने हो भने धेरै टेलिभिजन च्यानलका कामदारले समयमै तलव नपाएको अवस्था छ । ६० देखि १२० दिन काम गरेपछि मात्र ३० दिन अर्थात एक महिनाको तलव पाउने पत्रकारको संख्या अत्यधिक छ । प्राध्यापक पी खरेल भन्छन्—‘एउटा सफल टेलिभिजन च्यानल सञ्चालनको अपेक्षाका लागि आर्थिकका साथै दक्ष जनशक्तिमा पर्याप्त लगानी गर्नु आधारभूत आवश्यकता हो । तर धेरै  टीभी च्यानलले आधिकारीक रुपमा घोषणा गरिएको न्यूनतम पारिश्रमिक अर्थात १० हजार ८ रुपियाँ (जो सरकारी सेवामा एउटा ड्राइभरले पाउने तलबभन्दा कम हो) नदिइरहेको अवस्थामा टेलिभिजनको गुणस्तर कायम गर्ने कुरा सहज छैन । सञ्चार माध्यमका मालिकहरुले पत्रकारको श्रम शोषण नगरुन भन्ने सुनिश्चित गर्न राज्यले हस्तक्षेप गर्नु अहिलेको आवश्यकता हो ।
राजधानीमा काम गर्ने पत्रकारले ढिलै भए पनि पारिश्रमिक पाउने गरेका छन्  । तर जिल्लाको अवस्था झन भयावह नै छ । रुपन्देहीका पत्रकार टीपी भूषालले छोटो अवधिमै धेरै टेलिभिजनमा काम गरे । तर पारिश्रमिक नपाए पछि उनले टेलिभिजनमा काम गर्न छोडेका छन् । भूषाल भन्छन्–‘टेलिभिजनले परिचय पत्र दिन्छ वस । काम गर हिसाव राख पछि दिउला भन्छन् । तर पैसा पाउने दिन आउँदैन । हरेक दिन जसो दुई सय पचास रुपैयाँको टेप किन्यो, एक दुई लिटर पेट्रोल हालेर आफ्नै मोटरसाईकल कुदायो, समाचार लेखेर मेलबाट पठायो, प्लेनबाट टेप पठाउन थप सय रुपैयाँ लाग्छ । अफिसले हिसाव राख दिउला भन्छ  । तर पारिश्रमिकको त कुरै छोडौ, आफ्नो लगानी उठान पनि मुस्किल छ । नगद लगानी गरेर उधारो पत्रकारिता गर्न सम्भव छैन भनेर नै मैले काम गर्न छोडेको हँु ।’ (नेपाल, जगत । टेलिभिजन पत्रकारको अवस्था, पेज १५, काठमाण्डौं । नेपाल पत्रकार महासंघको वार्षिक प्रतिवेदन २०६८ )

सम्बन्धित खबरहरु