रामेन्द्रकुमार गौतम । निर्वाचनमा टिकट नपाएका कारण कोही धुरुधुरु रोयो भन्दा पत्याउनुहुन्छ ? सुन्दा अनौंठो लाग्न सक्छ तर यो कुरा सत्य हो । भारत, बिहार विधानसभा चुनाव २०२० मा, भारतीय जनता पार्टी (भाजपा) की महिला नेतृले नरकटियागन्ज सीटबाट टिकट नपाउँदा मञ्चमा रुँदै गरेको खुल्न आएको छ ।

महिला नेतृले आफु तल्लो वर्गको भएका कारण पार्टीले टिकट नदिएको गम्भीर आरोप लगाएकी छिन् । उनले खचाखच भरिएको सभामा हात फैलाएर मानिसहरूसँग भीख माग्दै भनिन, ‘म तपाईको सेवा गर्न चाहन्छु ।’

पश्चिम चम्पारणको बेटियाहको नरकटियागन्ज विधानसभा क्षेत्रबाट भाजपाको टिकट नपाउँदा रेणु देवीलाई पीडा धेरै भयो । रेणुको ठाउँमा पार्टीले रश्मि वर्मालाई यस क्षेत्रबाट उम्मेद्वारका रूपमा मनोनयन गरेको छ । टिकट नपाएपछि रिसाएकी रेणुले सहरको एउटा निजी होटलमा मजदुर सम्मेलनको बेला बागीको रूपमा चुनाव लड्ने घोषणा गरेकी छिन् ।

यस समयमा, उनी भरी स्टेजमा रुँदै थिइन् । सभामा उपस्थित भाजपा कार्यकर्ताहरू यो देखेर भावुक भए । सन् २०१५ मा रेणु देवीलाई यस क्षेत्रबाट भाजपाले मैदानमा उतारेको थियो तर उनी चुनाव हारिन् ।

यस पटक रेणु देवी फेरि यस सभाबाट टिकट खोज्दै थिइन् तर यस पटक पार्टीले रश्मी वर्मालाई उनको ठाउँमा टिकट दिएको छ । यस सीटबाट रश्मि वर्माले सन् २०१४ को उपचुनाव जित्न सफल भएकी थिइन् ।

सम्बन्धित खबरहरु