काठमाडौं । बडा दशैं, तिहार तथा छठको अवसरमा एक देशको सिमानाबाट अर्को देशमा मुद्राको कारोबारमा नेतित्व गर्दै आएको वेस्टर्न युनियनले नेपालमा “दशैंको सौगात” प्रबद्र्धन योजना ल्याएको छ जसमा ग्राहकहरुले कार्तिक १ गते देखि मंसिर २७ गतेसम्म साप्ताहिक ड्र र बम्पर लक्की ड्र मार्फत नगद पुरस्कार जित्न सक्नेछन् ।


यो प्रबद्र्धनमा सहभागी हुन नेपालका ग्राहकहरुले वेस्टर्न युनियनका एजेन्ट लोकेसन– अन्नपूर्ण ट्राभल, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट प्रा.लि., नबिल बैंक, डिजिटेक रेमिटान्स प्रा.लि. र सूर्य रेमिट प्रा.लि. बाट रकम प्राप्त गरेको हुनुपर्नेछ ।

सम्पूर्ण योग्य कारोबार स्वचालित रुपमा साप्ताहिक ड्र मा समावेश हुनेछ । यो योजना अन्तर्गत हरेक हप्ता १० जना भाग्यशाली विजेताले रु. २५००० जित्नेछन् । यो योजना डिसेम्बर १२ तारिखसम्म लागू गरिनेछ । यस बाहेक, प्रबद्र्धन अवधिभरि सम्पूर्ण योग्य कारोबारहरु (साप्ताहिक विजेताको कारोबार बाहेक) स्वचालित रुपमा बम्पर लक्की ड्र मा समावेश हुनेछ । यसमा १ जना भाग्यशाली विजेताले रु १० लाख नगद जित्न सक्नेछन् । लक्की ड्र को विजेता १६ डिसेम्बरमा घोषित गरिनेछ ।

“वेस्टर्न युनियलाई विगत २ दशक भन्दा बढि समयदेखि ग्राहकहरुले कम्पनीप्रति देखाएको निष्ठा र विश्वासको प्रशंसा गर्दछौं । नेपाली प्रवासीहरुको मिहेनत र बलिदानलाई कदर गर्दै घरमा भएका उनीहरुको प्रियजनहरुका लागि हामीले दशैंको “सौगात” प्रबद्र्धन ल्याउँन पाउँदा निकै उत्साहित छौं । यो प्रबद्र्धन भनेको चाडपर्वको समयमा खुशी बाड्दै हाम्रो ग्राहकहरुको लगनशिलता र परिश्रमलाई मान्यता दिने एउटा तरिका हो”, वेस्टर्न युनियनका दक्षिण एशियाका सिनियर कन्ट्री म्यानेजर एस एस रमानाथनले भन्नुभयो ।

सम्बन्धित खबरहरु