काठमाडौं । विश्वका धेरै देशहरुमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढेसँगै भ्रष्टाचारले पनि मलजल पाएको छ । यो भिडमा ब्राजिलमा कोरोना भाइरसको बढ्दो संक्रमणबीच भ्रष्टाचार प्रकरण पनि चरम बिन्दुमा पुगेको छ ।

त्यहाँ भ्रष्टाचार नियन्त्रण गर्ने निकायले गरेको अनुसन्धानमा गम्भीर खुलासा भएको छ । राष्ट्रपति जायर बोल्सोनारोको पार्टीका एक सांसदलाई उनको लुगामा पैसा लुकाइएको अवस्थामा फेला पारिएको छ ।

अधिकारीहरूले अनुसन्धानको क्रममा सांसद चिको रोड्रिगको कट्टुबाट ६ लाख लाख २० हजार भन्दा धेरै रुपैयाँ बरामद गरिएको छ । एजेन्सीलाई यी सत्ताधारी पार्टीका सिनेटको भ्रष्टाचार बारे पूर्वसूचना दिइएको थियो । घुस लिएको सूचना पाएपछि अनुशन्धान अधिकारीहरु अचानक त्यहाँ पुगेका थिए ।

यसको आधारमा अनुसन्धान गर्दै, उत्तरी ब्राजिलको रोरिमा राज्यको चिको रोड्रिगको घरमा बुधवार छापा लिइएको थियो । उनीमाथि रोरिमा राज्यमा कोरोना भाइरस प्रकोपको विरूद्ध लड्नका लागि दिइएको रकम दुरुपयोग गरेको आरोप लगाइएको थियो ।

यसैबीच सिनेटका चिको रोड्रिगले पनि बयान जारी गरी उक्त आरोपका बारेमा जानकारी गराएका छन् । उनले भने कि प्रहरीले उनको घरको बारेमा अनुसन्धान भइरहेको थियो । यद्यपि उनले उक्त नगद बरामद भएको बारेमा केही भनेनन् ।

न त उनले कथित कहाँ फेला पर्‍यो भनेर उल्लेख गर्नु नै आवश्यक ठानेका छन् । उनले एजेन्सीहरुले आफ्नो बद्नाम गर्न खोजेको आरोप लगाएका छन् । उनले गुनासो गरेका छन कि उनको घर व्यवस्थापिकाको रूपमा काम गर्न खोजिएको थियो ।

रोड्रिग्सले जिद्दी गरे कि उनले केही गलत गरेका छैनन् । सिनेटले आरोप लगाए कि यो सबै उनको बदनाम गर्नका लागि गरिएको हो । यो बीचमा राष्ट्रपति बोल्सानारोले सम्पूर्ण घटनाको लागि मिडियालाई दोष दिएका छन् । उनले मिडियामाथि आरोप लगाए कि उनले नक्कली कथाहरूको प्रयोग गरेर उनको सरकारलाई भ्रष्ट घोषित गर्न खोजको छन् ।

उनले यस अनुसन्धानलाई आफ्नो सरकार भ्रष्टाचारीको संरक्षक नभएको उदाहरण भएको दावा गरेका छन् । उनले आफ्नो सरकार कडाईका साथ भ्रष्टाचारको सामना गरिरहेको बताएका छन् । सन् २०१८ मा बोल्सानारोले भ्रष्टाचारको बिरूद्ध आवाज उठाएपछि नै सक्तामा आएका थिए ।

तर जबदेखि उनले ब्राजिलको राष्ट्रपतिको पदभार सम्हाले, उनको सरकारमाथि निरन्तर भ्रष्टाचारका धेरै आरोपहरू लागेका छन् । उनका छोरा फ्लाभियोले पनि त्यस्तै आरोपहरूको सामना गर्नु परेको छ । बोल्सानारोको छोरालाई रियो दि जेनेरियोमा विधायक रहादा सार्वजनिक पैसा खाएको आरोप लगाइएको छ ।

सम्बन्धित खबरहरु