काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) लाई लिएर धेरै घरबेटीहरुले भाडामा बस्नेहरुलाई निकालेका घटनाहरु बाहिर आएका छन् । यो बीचमा भारतमा एक घरबेटीले एक युवतीमाथि जे गरे त्यसले सबैलाई हैरान बनाएको छ ।

 

भारतको राजधानी नयाँ दिल्लीको लाजपत नगरमा एक कश्मीरी युवतीले उनको घर मालिकले उनीमाथि गलत व्यवहार गरेको आरोप लगाएकी छिन् । उनले आफुमाथि गलत व्यवहार गरेको र जातीय विभेदकारी टिप्पणी समेत गरेको आरोप लगाएकी छिन् ।

 

 

२२ वर्षीया नूरले सामाजिक सञ्जालमार्फत घरबेटीको असली रुपको पर्दाफास गरेकी हुन् । उनको घरबेटी (महिला) ले सामान्य विषयमा भएको विवादमा अचानक नुरको कोठामा पसेर बबाल गरेकी हुन् । पोस्टमा उनले आफुमाथि भएको सबै कुरा उल्लेख गर्दै केही तस्विर पनि साझा गरेकी छिन् ।

 

 

नूरले आफ्नो ट्वीटमा भनिन्, ‘मेरो घरमालिक मेरो घरमा एक मानिससँग आएको थियो, जसलाई मैले पहिले कहिल्यै देखेको थिईन । तिनीहरूले मलाई र मेरा साथीहरूलाई विभिन्न आरोपका शब्द भन्न थाले किनभने हामी कश्मीरबाट आएका हौं । हामीमाथि नसोचेको व्यबहार गर्यो र हाम्रो पैसा पनि लियो ।’ नूरले प्रहरीमा उजुरी दर्ता गराएकी छिन् ।

 

 

प्रहरीले यस सम्बन्धमा अनुसन्धान सुरु गरेको छ । साथै, दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालीवालले पनि यस मुद्दाको संज्ञान लिएका छन । कश्मीरी महिलालाई सहयोग गर्ने आश्वासन दिँदै मालीवालले घटनालाई लज्जास्पद र स्तब्ध पार्ने बताएका छिन ।

 

 

उनले यसमा दिल्ली प्रहरीबाट जवाफ माग गरेकी छिन् । मालीवालले ट्वीट गर्दै भनिन्, ‘दिल्लीमा कश्मीरी युवतीलाई घर मालिकहरूले गरेको त्यो व्यबहार र सोच्नै नसक्ने कार्यको प्रयास गरे ।

 

 

हामी दिल्ली प्रहरीलाई यस सम्बन्धमा एफआईआर लिन र दोषीलाई चाँडो कारबाही गर्न सूचना जारी गर्दैछौं ।’ घरबेटीले पनि प्रहरीमा उजूरी दर्ता गरेका छन् । यस घरका मालिकले श्रीनगरका नूर भट्ट र उनको बहिनीलाई चोरीको आरोप लगाएका छन् । यो घटना गत बुधवार राती ९ बजे आसपास भएको थियो ।

 

 

 

सम्बन्धित खबरहरु