काठमाडौ । कोरोना संक्रमणबाट मृत्यु भएमा सरकारले नै व्यस्थापन गर्ने स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले सरकारले अन्तिम सस्कार गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेका हुन् ।

 

डा. गौतमले होम आइशोलेशनमा बसेका व्यक्तिको मृत्यु भएमा परिवारले आफ्नो परम्परा र संस्कृति अनुसार सुरक्षित तरिकाले अन्तिम सस्कार गर्न चाहेमा गर्न पाउने व्यवस्था मात्र गर्न खोजेको स्पष्ट पारे ।

 

‘नेपाली सेनाले गर्दै आएको लाश व्यवस्थापनको कार्य निरन्तर रहिरहन्छ,’ उनले भने, ‘धेरै समुदाय र संघ सस्थाले अन्तिम सस्कार आफ्नो धर्म र परम्पराबाट गर्न पाउने माग भएकोले संक्रमित आफन्तको अन्तिम अन्तिमसंस्कार आफै गर्न चाहेमा उनीहरुको भावनाको सम्मान गर्दै यो व्यवस्था गरिएको हो ।’

 

यसअघि कोरोना संक्रमणबाट मृत्यु भएका लाश परिवार आफैले गर्नुपर्ने भनी सरकारले जनाएको खबर बाहिर आएको थियो । त्यही केही अस्पष्ट भएको र सरकारले नै गर्ने भन्ने चै स्पष्ट भएको उनले जनाएका छन् ।

 

सम्बन्धित खबरहरु