काठमाडौ । केही घटना सुन्दै अनौठो लाग्छ । समाजले समेत पचाउन सक्दैन तर सत्य स्वीकार्नैपर्छ । दुनियाँमा हरेक क्षण केहि न केही गजबको घटना भइरहेका हुन्छन् । केही त अति रोचक हुन्छन् । विहारमा एक यस्तो विवाह भएको छ जुन सुन्ने मानिसहरु पनि आश्चर्यमा पर्ने गर्छन् ।

 

विहारको दरभंगाको जिल्लामा रहेको एक गाउँमा दुलाहाको गाडी जन्ती जान सजिएको थियो । दुलाहा विवाहको लागि गाडीमा बस्नलाई निस्कदै थिए ।

 

उक्त समयमा सीतामढीमा बस्ने दुलाहाकी प्रेमिका कांचला आइपुगिन् र दुलाहालाई आफ्नो प्रेमी बताउन थालिन् । प्रेमिकाले माया आफूसँग भएको र विवाह अरुसँग गर्न लागेकोमा आक्रोस व्यक्त गर्दै विवाह हुन नदिने बताइन् । यस्तो आश्चर्यको क्रियाकलाप गाउँका सबैजनाले हेरिरहेका थिए ।

 

 

प्रेमिका आफ्नो प्रेमीको गाडीमा अनशनमा बसिन् र विवाह गर्न जिद्दि गरिन् । हेर्दा हेर्दै विवाहमा जान तयार भएका जन्तीहरु सबैजना हेराहेर भए । कुराकानी बढ्दै जान लागेपछि परिवारले प्रहरीलाई बोलायो ।

 

 

प्रहरी पनि तुरुन्त आइपुग्यो । प्रहरी समक्ष केटीले आफूले ४ दिनसम्म केही नखाएको र जबसम्म आफ्नो विवाह आफ्नो प्रेमीसँग हुँदैन तबसम्म अनशन बस्ने बताइन् । प्रहरीले दुलाहा र प्रेमिकालाई कार्यालयमा केहीबेर राखेर मन्दिरमा लगेर विवाह गरिदिएको छ ।

 

 

उता दुलही दुलाहा जन्ती लिएर आउँछ भनेर तयारी अवस्थामा बसेकी थिइन् । यता दुलाहाको विवाह भएपछि दुलहीका परिवार धेरै आक्रोशित भए । यसलाई मथ्थर पार्न जुक्ति निकाले । दुवै घरपरिवारको सल्लाह अनुसार दुलाहाको सानो भाईसँग विवाह गरिदिएका छन् ।

 

 

एकैदिन दुई भाईको विवाह भएको छ । तर अनौठो त त्यहाँ भयो दाजुका लागि तयार रहेकी दुलही भाईका लागि श्रीमती र दाजुका लागि बुहारी बनेर त्यही घरमा भित्रिइन् । एजेन्सी

 

 

 

सम्बन्धित खबरहरु