बुटवल । रुपन्देहीको भैरहवास्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ । सोमबार राति सिद्धार्थनगर नगरपालिका–८ अञ्चलपुरमा रहेको एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट जमिनमुनिको ट्यांकीमा इन्धन खनाउने क्रममा एक्कासी आगलागी भएको बताइएको हो ।

रुपन्देही प्रहरीका अनुसार उक्त आलगागीबाट लु २ ख १५४१ नम्बरको ट्यांकर पूर्णरुपमा नष्ट भएको छ । त्यस्तै, उक्त ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको बताइएको छ । यसका साथै, उक्त आगलागीमा परी इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टासहित सामान्य घाइते भएका छन् ।

रुपन्देही प्रहरीका अनुसार सिद्धार्थनगर, तिलोत्तमा र बुटवल नगरपालिकाबाट गएका दमकलले आगलागी नियन्त्रणमा लिएको थियो । जसको कारण पेट्रोल पम्प तथा नजिकका घरहरुमा क्षति हुनबाट जोगिएको बताइएको छ ।

सम्बन्धित खबरहरु