काठमाडौ । विश्व अहिले कोरोना भाइरसको महामारीसँग जुधिरहेको छ । भ्याक्सिन विकासमा दौडधूप चलिरहेको छ । यसैबीच एक १४ वर्षीया बालिकाले कोरोना भाइरसविरुद्धको प्रभावकारी उपचार शैली पत्ता लगाएकी छिन् ।

 

भारतीय मूलकी ती अमेरिकन बालिकाले कोरोना भाइरसविरुद्वको प्रभावकारी उपचार पत्ता लगाएको इन्डिएन एक्सप्रेसले खबर छापेको छ । अमेरिकाको टेक्सस राज्यमा आठौँ कक्षामा अध्ययनरत अनिका चेबरोलुले कोरोना भाइरसविरुद्वको उपचारको लागी थेरेपी विधि विकास गरेको बुझिएको छ । उनले आफ्नो कक्षामा विज्ञान प्रतिस्पर्धामा भाग लिने क्रममा उक्त थेरेपी पत्ता लगाएकी हुन् ।

 

 

३ एम च्यालेन्ज वेबसाइटका अनुसार उनले इन सिलिको मेथेडोलोजीद्वारा पत्ता लगाएको लीड मलिक्युलले कोरोना भाइरसको स्पाइक प्रोटिनलाई रोक्न र बाँधेर राख्न सक्ने जनाइएको छ । उनले विगतमा इन्फ्लूएन्जाविरुद्वको उपचार समेत बनाएकी थिइन् ।

 

उनले भनिन्,‘सानो समयमा मैलै उक्त कोरोना भाइरस विरुद्वको उपचार पत्ता लगाएकी हुँ । म आफ्नो गुरुसंग सल्लाह लिई कोरोना भाइरस विरुद्व प्रभावकारी कदम चाल्ने छु ।’ उनले आफ्नो विज्ञान प्रतिस्पर्धावापत २५ हजार डलर इनाम प्राप्त गरेकी थिइन् ।

 

 

सम्बन्धित खबरहरु