काठमाडौं । मान्छेहरु जे कुरा पनि सम्भव बनाउन सक्छन् । अहिलेको समयमा मानिसहरु अनेक नयाँ कुराहरु खोज गर्दैछन् । मान्छेहरु त्यस्ता कार्यहरु पनि गर्न सक्छन् जुन पत्याउन गाह्रो हुन्छ ।

यस्तै एक घटनाका बारेमा आज हामी जानकारी दिन गइरहेका छौँ । आमा भन्दा यो संसारमा कोही महान हुँदैन । आमा अर्थात एक महिलालाई चुनौती दिइन्छ भने उनी कुनै पनि काम गर्न सक्षम हुन्छिँन् । यो कुरा अमेरिकाको महिलाले प्रमाणीत गरेकी छिन् ।

त्यहाँकी २८ वर्षीया म्याकेन्ना मेलर नौ महिनाको गर्भवती महिला हुन् । उनले हालै ५ मिनेट २५ सेकेन्डमा १.६ किलोमिटर दौड पूरा गर्न सफल भएकी छिन् । वास्तवमा भएको के भने ति महिलाको पतिले उनलाई चुनौती दिएका रहेछन् । उनले आफ्नी श्रीमतीलाई गर्भावस्थाको अन्तिम महिनामा आठ मिनेटभित्र एक माइल (१.६ किमी) दौडन भनेका थिए ।

यो शर्त जितेमा उनले श्रीमतीलाई ११ हजार डलर भन्दा धेरै इनाम दिने पनि बताएका थिए । महिलाले पतिको चुनौतीलाई स्वीकार मात्रै गरिनन् ताकी दिइएको समयभन्दा धेरै अघि उक्त दौड पूरा गर्न सफल भइन् ।

महिलाले ५ मिनेट २५ सेकेन्डमा दौड पूरा गरिन् । सन् २०१८ मा, उनले एडिनबर्ग क्रस–कन्ट्री अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अमेरिकाको प्रतिनिधित्व गरेकी थिइन् । रनर्स वर्ल्डका अनुसार, एक सामान्य महिलाले यो दूरी १० मिनेट ४० सेकेन्डमा पूरा गर्न सक्छन् ।

सम्बन्धित खबरहरु